देश

स्थानीय चुनाव केन्द्रित सभाका लागि एक महिनामा लिङ्देन पुगे ८० सभामा


काठमाडौँ — स्थानीय चुनाव केन्द्रित सभाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन देशका विभिन्न ठाउँमा भएका ८० सभाहरूमा पुगेका छन् । महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएसँगै उनले संगठन विस्तारलाई प्राथमिकता दिँदै देशका मुख्य सहरमा सभा गरेका थिए । स्थानीय चुनावका लागि फागुन २६ देखि लिङ्देन देश दौडाहमा निस्केका थिए । उनले हालसम्म ८० भन्दा बढी सभाहरू गरेका छन् । ५२ जिल्लाका ८० ठाउँमा सभा गरिएको प्रवक्ता मोहन श्रेष्ठ जानकारी दिए ।

काठमाडौं, पोखरा, वीरगञ्ज, भरतपुर, विराटनगर, सुर्खेत, नेपालगन्ज, धनगढी, महेन्द्रनगरलगायत ठाउँमा सभा गरिएको राप्रपाले जनाएको छ । लिङ्देन आज झापा पुगेका छन् । मेचीनगर, हल्दिबारी, भद्रपुर, शिवसतासीमा हुने सभामा सम्बोधन गर्न उनी झापा गएका छन् । प्रवक्ता श्रेष्ठले पार्टीको पक्षमा देखिएको जनलहरलाई भोटमा रुपान्तरण गर्न अध्यक्षको देशव्यापी दौडाहा भएको बताए ।