Breaking

माधव नेपालको नाम लिएपछि मुख कुल्ला गर्ने ओली, विश्वप्रकाशको ठोकुवा -ओली आलुको क्विन्टल


काठमाडौँ — देशैभरका ७ सय ५३ वटा पालिकामा एकै चरणमा स्थानीय तहको निर्वाचन यही बैशाख ३० गते हुँदैछ । अब भोट खसाउन जम्मा १० दिन बाँकी छ । निर्वाचनलाई लिएर राजनीतिक दलहरु जनताको घरदैलोमा खटिएका छन् । दलहरुले आफु पहिलो बन्ने आँकलन गर्दै प्रतिस्पर्धी लक्षित प्रहार गरिरहेका छन् । केहीसमय पहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई एक÷एक किलोको ढक र आफुलाई क्विन्टल नै भनेका थिए । सत्ताबाट सडकमा पछार्न सक्ने ताकतलाई किलोका ढकमा झारिदिएपछि विपक्षीको मन पोल्नु पोलेको थियो । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले त ओलीको भनाइ सहनै सकिरहेको थिएन । अहिले निर्वाचनको पुरापुर सरगर्मी चढेको छ ।

मतदाता रिझाउन सक्ने र विपक्षीलाई कमजोर पार्न सक्ने चुरो विन्दुमा चुनाव पुगेपछि विपक्षीहरुले ओलीको क्विन्टलविरुद्ध प्रहार गर्न थालेका छन् । सत्ताको नेतृत्व गरेको नेपाली काँग्रेसले आफु किलो र ओली क्विन्टल नै भएको स्वीकार गरेको छ । तर पाँच दल सुनको किलो र ओली आलुको क्विन्टल भएको भन्दै यसरी जवाफ फर्काएको छ । अहिले गठबन्धनमा आवद्ध पाँच दल र नेकपा एमाले मुख्य प्रतिस्पर्धी छन् । पाँच दल एक ढीक्का भएको भए एमाले निकै दबाबमा पर्न सक्थ्यो । तर गठबन्धनमै गडबड भएपछि धमाधम बागी परेका छन्, जसकारण ओली थप हौसिएका छन् । हारको मानसिकतामा हुनुपर्ने ओलीले जितको दम्भ देखाउन थालेपछि माओवादीले समेत क्विन्टलको जवाफ क्विन्टलमै फर्काएको कोशिस गरेको छ ।

आफुलाई हराउनकै लागि राजावादी र विप्लवसँग तालमेल गरेको आरोप माओवादीको छ । मुलतः सत्ता गठबन्धनमा आवद्ध दलहरु आफु हार्न तयार छन् , तर एमालेको जित कुनै पनि हालतमा स्वीकार्न तयार छैनन् । यसका लागि जुनसुकै त्याग गर्न पनि गठबन्धन तयार छ । तर गत निर्वाचनको बलियो विरासत जोगाउन पनि ओलीलाई हार्ने छुट छैन । उनी पाँचै दललाई एकैपटक क¥याककुरुक पार्ने दाबी गरिरहेका छन् । उम्मेद्वारका गफ र भाषण सुन्दा हार्नेसक्ने त कोही देखिएकै छैन । मानौं निर्वाचनमा सबैले जित्नका लागि हो । ठुला राजनीतिक दलका घमण्ड छुट्टै छन् । विगतमा पहिलो भएको एमाले आफु नै पहिलो हुने अडम्बर देखाइरहेको छ । झण्डै पहिलो हुन चुकेको नेपाली काँग्रेस चार दल साथमा लिएर पहिलो हुने महात्वकांक्षा पालिरहेको छ ।