Breaking

मतदाताद्वारा खुट्टा ढोगेर बधाइ तथा जितको शुभकामना दिदै


काठमाडौँ — म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीको फूलडाँडामा गाउँपालिका अध्यक्ष पदकी उम्मेदवार मीना विश्वकर्मालाई खुट्टा ढोगेर बधाइ तथा जितको लागि शुभकामना दिएका छन् । मतदाताको घरदैलोमा पुग्दा खुट्टा समातेर ढोगेपछि नेकपा माओवादी केन्द्रकोतर्फबाट गाउँपालिका अध्यक्ष पदमा उम्मेदवार विश्वकर्माको आँखा रसाएपछि भावुक भएकी थिईन् । सामान्य परिवारकी सदस्य गाउँपालिकाको अध्यक्षको उम्मेदवार भई मैदानमा उत्रिएपछि पिछडिएका वर्ग, दलित तथा उत्पिडित समुदायको हकहित हुने भन्दै दलित समुदाय नै उत्साहित भएर ढोगेरै बधाई दिएका छन् ।

स्थानीय मतदाता र नाताले मामा पर्ने गौबहादुर विश्वकर्माले उम्मेदवारलाई हर्षित भएर खुट्टा नै ढोगेर बधाई दिएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । विश्वकर्मा रघुगंगामा गाउँपालिका अध्यक्षमा दाबी गर्ने एक्ली महिला समेत हुन् । मतदातालाई प्रभावमा पार्न उम्मेदवारहरुले अनौठा सपना देखाउने र क्षणिक मानमर्दन गर्ने संस्कार बढीरहेको समयमा मतदाताले उम्मेदवारलाई बधाई दिँदै खुट्टा ढोगेपछि मिनाको आँखाबाट समेत आँसु खसेको नेकपा माओवादी केन्द्रका नेता हरि भण्डारीले बताए । ‘दलित समुदायमा उत्साह छाएको छ,‘यसपटक महिलालाई पालिकाको जिम्मा दिनुपर्छ भन्ने आवाज छ’ भण्डारीले भने । यता अध्यक्षकी प्रत्यासी विश्वकर्माले मतदाताको मायाँ र साथले जिम्मेवारी थपिएको बताईन् । ‘