काठमाडौँ — अर्थमन्त्री जनार्दन शर्माले मुलुकको राष्ट्रिय सम्पत्तिको लेखा परिक्षण गर्नु पर्ने आवश्यकता भएको बताउनु भएको छ ।
आज मंगलबार काठमाडौंमा सुरु भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पहिलो राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री शर्माले राष्ट्रिय सम्पत्ति पहिचान गर्नको लागि मुलुकको राष्ट्रिय सम्पत्तिको लेखा परिक्षण गर्नु पर्ने आवश्यकता भएको बताउनु भएको हो । उहाँले मुलुकको विभिन्न क्षेत्रमा लेखा परिक्षण गरेर राष्ट्रको सम्पत्ति एकिन गर्न सक्नु पर्ने बताउनु भयो । मुलुक भित्रका हिमालहरु, तराई, पहाड, नदिहरु, झरनाहरु , श्रमिक र युवा बहुल श्रमिकहरुको मूल्य पहिचान गरेर लेखा परिक्षण गर्नु पर्ने बेला आएको भन्दै मन्त्री शर्माले लेखा परिक्षकहरुलाई परिक्षण गर्न आग्रह गर्नु भयो ।
उहाँले यस्तो कुराहरुको लेखा परिक्षण नगरि राष्ट्र निर्माणलाई नयाँ दिशा दिन नसकिने बताउनु भयो । मन्त्री शर्माले मुलुकको राष्ट्रिय स्वाधिनता जोगाउन र आत्मनिर्भर बनाउनको लागि आफ्नो इमान्दारिताको समेत परिक्षण गर्न जरुरी रहेको दोहो¥याउनु भयो । उहाँले भन्नुभयो, ‘अब हामीले राष्ट्रिय सम्पत्तिको लेखा परिक्षण गर्नु पर्ने आवश्यकता भएको हुनाले यहाँहरुको ध्यान त्यतातिर केन्द्रित गर्न चाहान्छु । हामी हाम्रो राष्ट्रको कति हो सम्पत्ति लेखा परिक्षणवालाहरुले परिक्षण गर्नु पर्ने बेला भयो । विभिन्न क्षेत्रको लेखा परिक्षण गरेर अब राष्ट्रको सम्पत्ति यति हो भनेर भन्न सक्नुपर्छ ।
हाम्रा हिमालहरु,तराई,पहाड, नदिहरु र हाम्रो झरणाहरुको मूल्य कति हो । हाम्रा श्रमिकहरु, युवाबहुल श्रमिकहरुको मूल्य कति हो ?त्यसको मूल्य पहिचान गरेर लेखा परिक्षण गर्नु पर्ने बेला भएको छ । यहाँहरुलाई मैले त्यो आग्रह गर्न चाहान्छु । त्यसो नगरीकन यो राष्ट्र निर्माणलाई नयाँ दिसा दिन सकिदैन । अब हाम्रो दुई वटा नारा हुनुपर्छ । एउटा राष्ट्रिय सधिनता,अर्को आत्मनिभरता यी एक अर्काका पुरक हुन । यीनलाई अलग गर्न सकिदैन । सँगै जोडेर जाँदा हामीले लेखा परिक्षण गरौंँ। आफ्नो आफ्नो इमानदारिताको परिक्षण गरेर राष्ट निर्माण प्रति इमानदार बनौंँ ।
अर्थमन्त्री शर्माले मुलुकमा विद्यमान गरिबी अन्त्य नहुनुको कारण खोजी गर्न पनि लेखा परिक्षण गर्नु पर्ने बेला भएको बताउनु भयो । उहाँले विगतमा लेखा परिक्षण गर्दा प्लस राख्ने ठाउँमा शुन्य राखिएकाले गरिबी अन्त्य नभएको बताउनु भयो । अब मुलुकको गरिबीको लेखा परिक्षण गरिएन भने गरिबी अन्त्य गर्न नसकिने मन्त्री शर्माको तर्क थियो । उहाँले कसरी मुलुकमा व्यापार घाटा भइरहेको छ, त्यसको पनि लेखा परिक्षण गरिएन भने थप चुनौती बढ्दै जाने बताउनु भयो । मुलुकमा हुने उत्पादन, कृषि जमिनको समेत लेखा परिक्षण गर्नु पर्ने भन्दै अर्थमन्त्री शर्माले यस्ता कुराको लेखा परिक्षण नहुँदा ८ महिनामा ३ अर्बको आयात गर्नु परेको बताउनु भयो ।
अर्थमन्त्री शर्माले भन्नुभयो, ‘मुलुकमा गरिबी किन छ । बहुआयामिक रुपमा गरिबी किन छ यसको लेखा परिक्षण गर्ने बेला भएको छ। त्यसको त्रुटि पत्ता लगाउनु प¥यो । लेखा परिक्षण गर्दा कहाँ पल्समा माइनस भयो । कहाँ शुन्य राखियो । आज मुलुकको गरिबीको लेखा परिक्षण गरिएन भने गरिबी अन्त्य गर्न सक्दैनौं । आज हामीले व्यापार घाटाको कुरा गरि रहेका छौं । बिओपी घाटामा गएको कुरा गरेका छौं अब हामीले त्यसको लेखा परिक्षण गर्नु पर्ने बेला भएको छ । कहाँ गल्ती भयो कहाँ इमानदारितामा लुज भयो वा भुलचुकमा भयो । त्यो कुराको लेखा परिक्षण गर्नु पर्ने बेला भएको छ।
त्यसको लेखा परिक्षण गर्न सकिएन भने व्यापार घाटा बढ्दै जान्छ । हामीले मुलुकको उत्पादनको, कृषि जमिनको लेखा परिक्षण गर्नु पर्ने भएको छ । हाम्रोमा उत्पादनको सम्भावना हुदाँहुँदै किन ८ महिनामा ३ अर्बको आयात गर्नू परेको छ । यसको पनि लेखा परिक्षण गर्न पर्ने भएको छ ।
प्रतिक्रिया