काठमाडौँ— स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन्।
आज मंगलबार सत्तारुढ गठबन्धनले आयोजना गरेको हेटौंडा उपमहानगरपालिकाको प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा सहभागी हुँदै मन्त्री खतिवडाले आचारसंहिता उल्लंघन गरेका हुन्। मन्त्री वा सार्वजनिक पदधारण गरेका व्यक्तिलाई कुनै उम्मेदवार वा दल विशेषको पक्ष वा विपक्षमा प्रचार (प्रसार गर्न आचारसंहिताले रोक लगाएको छ। तर,मन्त्री खतिवडाले आचारसंहिताको उल्लंघन गर्दै गठबन्धनको कार्यक्रममा सहभागिता जनाए।
निर्वाचन आचारसंहिता विपरीत सरकारी गाडी र सुरक्षाकर्मीसहित गठबन्धनले आयोजना कार्यक्रममा सहभागी भएका उनले आफू मन्त्रीको हैसियतले नभइ नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको हैसियतले सहभागी भएको बताए। मन्त्री खतिवडाले आफूले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाइ लिखित रुपमा जानकारी गराएर पार्टीको प्रचारप्रसारमा लागेको भन्दै आफूलाइ आचारसंहिता नलाग्ने बताए ।
प्रतिक्रिया