Breaking

चुनावी सभालाई सम्बोधन गर्न ओली झापामा


काठमाडौँ — पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा जाँदै छन् । गृह जिल्लासमेत रहेको झापामा चुनावी सभालाई सम्बोधन गर्न ओली बिहान १० बजे गएका हुन् । युवा नेता इन्द्र भण्डारीका अनुसार अध्यक्ष ओलीले जिल्लाको भद्रपुर, विर्तामोड र धुलाबारीमा हुने चुनावी सभालाई सम्बोधन गर्नेछन् ।

स्थानीय तह निर्वाचन आउन भने १० दिन बाँकी छ । अध्यक्ष ओलीलाई गृह जिल्लामा निर्वाचन जिताउन पाँच दलीय गठबन्धन र राप्रपाका कारण चुनौती थपिँदै गएको छ । उनको गृह नगर दमकमा पाँच दलीय गठबन्धनले राप्रपासँग सहकार्य गरेको छ । जसले गर्दा दमकमै यस पटक एमालेलाई निर्वाचन जित्न चुनौती थपिएको छ । गठबन्धनका कारण जिल्लाको अन्य स्थानीय तहमा पनि मुस्किल पर्ने देखिएको छ । सोही कारण चुनावी माहोल बनाउन ओली आज झापा जान गएका हुन् ।