Breaking

भुवन केसी, श्वेता, रवीन्द्र खड्का नेपाली कांग्रेसमा प्रवेश


काठमाडौँ — नेपाली चलचित्रका अभिनेता भुवन केसीलगायत कलाकार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । मंगलबार बिहान बालुवाटारमा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले उनीहरूलाई पार्टी प्रवेश गराएका हुन् ।

केसीसँगै नायिका श्वेता खड्का र चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का कांग्रेसमा प्रवेश गरेका छन् । त्यसअवसरमा कलाकार नीर शाहलगायत उपस्थित थिए ।