Breaking

काठमाडौँ महानगर उपप्रमुख उम्मेदवार सुनिता डंगोलविरुद्ध अख्तियारमा उजुरी


काठमाडौँ — नेकपा एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाको उपप्रमुख (उपमेयर) को उम्मेदवार बनेकी सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

शैक्षिक योग्यता ढाँटेर महानगरको योजना आयोगको विज्ञ सल्लाहकार पदमा नियुक्ति लिई ५ वर्षको तलबभत्ता खाएर भ्रष्टाचार गरेको अभियोग लगाउँदै यही वैशाख १६ गते अख्तियारमा उजुरी दर्ता गरिएको हो ।
उजुरीमा घटना अनुसन्धान गरी डंगोललाई कारबाही गर्न माग गरिएको छ ।