Breaking

किन डराउछन उम्मेद्वार सार्वजनिक वहस गर्न ? दल र उम्मेद्धारहरु अझै दलवलमै रमाँउदै,प्रविधिप्रति छैन सचेतता


काठमाडौँ — स्थानीय तह निर्वाचका लागि विभिन्न पदमा उम्मेद्धारी दिएका राजनीतिक तथा स्वतन्त्र सबै उम्मेद्धार यतिवेला प्रचारप्रसारमा लागेका छन । वैकल्पिक दलका उम्मेदवार र स्वतन्त्र उम्मेद्धारले डिजिटल माध्यमलाई वढि प्राथमिकता दिदाँ पुराना दलहरु भने चुनाव चिन्ह र पार्टीको झण्डासहित मतदाताको घर दैलोमै पुग्ने पुरानै शैलीमा अल्झीएका छन् ।
एमालेबाट काठमडौँ महानगरपालिकामा मेयरका उमेद्धार केशव स्थापीतले उमेद्धारी दर्ताको भोली पल्ट भनेका थिए, मलाई यस पटक वडा–वडामा गएर ढोकैपिच्छे नमस्कार नगरौँ भन्ने लागेको छ । अनलाईमार्फत मतदातासम्म पुग्ने तयारीमा रहेका उनले घरघर जाने कार्यलाई वेष्ट अफ टाईम भन्दै दिनको १० घण्टा अनलाईन बस्ने र वान टु वान वार्ता गर्ने बताएका थिए ।

यसका लागि एक होटलमा वार रुमकै व्यवस्था गर्ने बताएका उनी अहिले यी सव थाती राख्दै घरदैलो कार्यक्रममा व्यस्त छन । यद्यपी आफ्ना पक्षमा आएका सामाग्री र आफ्ना अन्तवार्ताहरु सामाजिक सन्जालमार्फत प्रचार प्रसार गर्ने कार्य पनि उत्तिकै पथमिकतामा राखेका छन् । यता कांग्रेसबाट मेयरकी उमेद्धार सिर्जना सिंह पनि घरदैलोमा व्यस्त देखिएकी छिन् । आफ्ना एजेन्डाबारे जानकारी गराउन पनि पाइने र खर्च पनि कम हुने डिजिटल माध्यमको प्रयोगमा उनी खासै सचेत देखिएकी छैनन् । वहस फोरमहरुमा समेत कम जाने उनी झण्डा सहित आफ्नो दलवल लिएर पुरानी शैलीको प्रचारमा व्यस्त छिन् । वाक कलामा निक्कै कमजोर मानिएकी उनको अभिव्यक्तिको परिपुरण समेत उनका निकटस्थहरुले गरिदिनु पर्ने अवस्था छ ।

यता स्वतन्त्र उम्मेद्धार वालेन शाहले सामाजिक सन्जाललाई बढि प्रयोग गरिरहँदा वहसका अवसरहरु लाई पनि प्रयोग गरिरहेका छन । आफ्नै सन्जाललाई भन्दा नामचलेका फेसबुकका पेज र ग्रुपलाई प्रयोग गर्ने उनको पक्षमा अरुले नै बढि सामग्री उत्पादन गरिरहेका छन । गीत ट्रोल र मिमहरुबाट पनि उनको प्रचार भईरहँदा विवेकशील साझाबाट मेयरकी उमेद्धार समिक्षा बास्कोटाले भने घरदैलो र सामाजिक सन्जाल दुवैको प्रयोग गरिरहेकी छिन । यसरी हेर्दा राजनितिक दलहरुले सामाजिक सन्जाललाई पनि महत्वपूर्ण माध्यमका रुपमा स्वीकार गरेपनि प्रचारको पुरातन प्रवृत्ती भने छोड्न सकेका छैनन् ।यो काठमाडौँको उदाहरण मात्र हो । यहि अवस्था देशभरका स्थानीय तहहरुमा देखिएको छ ।

निर्वाचन आयोगले अनावश्यक खर्च कम गर्न प्रचारका लागि डिजिटल माध्यम प्रयोग गर्न तथा उमेद्धारहरुवीच साझा बहस गराउन प्रोत्साहन गरेपनि उम्मेद्धारहरु पुरानो ढर्राबाट बाहिर आउन सकेका छैनन् । बाईक र्याली गर्न नपाइने, भड्किला गतिविधि गर्न तथा टिसर्ट छाप्न नपाईने जस्ता आचारसंहिता बनाएर पुरातन तरिकालाई हटाएर सम्भ र शान्त प्रचारशैली अपनाउन बाध्य पारेपनि यस्ता आचारसंहिता उल्लघनकै बढि उजुरी पर्न थालेका छन । अर्थात राजनीतिक दलहरु अझै पनि निर्वाचन पैसा र शक्ति प्रदर्शनीको अवसर रहेको धङधङीमै रहेका छन ।भ्रष्टाचार र अनियमिततामा जनप्रनिधि जोडिनु तथा माफिया र पैसा खर्च ग र्न सक्ने मात्र नेतृत्वमा पुग्ने एक मात्र कारण निर्वाचन प्रचारप्रसार महङो भएकोमा दुईमत छैन । खर्च घटाउन प्रविधिको प्रयोग महत्वपूर्ण हुने भए पनि त्यसतर्फ उम्मेद्धारको विश्वास अझै बढ्न सकेको छैन ।