Breaking

ब्यानर र पोस्टर टाँग्ने उम्मेदवारलाई एक लाख जरिवाना


काठमाडौँ —निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनमा पोस्टर र ब्यानर टाँग्न निषेध गरेको छ। वैशाख ३० गते हुने निर्वाचनमा राजनीतिक दल वा कुनै पनि उम्मेदवारले पोस्टर र ब्यानर टाँग्न पाउने छैनन् । यो आचारसिंहता विपरीत हो । त्यस्ता कार्य गर्ने राजनीतिक दल वा उम्मेदवारले यथाशिघ्र उक्त ब्यानर र पोस्टर हटाउन आयोग निर्देशन दिन्छ सहप्रवक्ता सूर्यप्रसाद आचार्यले भने ।

उनले अटेर गर्ने राजनीतिक दल वा उम्मेदवारलाई एक लाख जरिवाना गराउने जानकारी दिए । आयोगले तोकेको आचारसंहिता उल्लंघ गरे वा यथाशिघ्र त्यस्ता ब्यानर वा पोस्टर नहटाए एक लाखसम्म जरिवाना हुन्छ, उनले भने ।