Breaking

खुट्टा ढोगेको तस्वीर भाइरल भएपछि खनालले आफ्नो बचाउ गरेका छन्


काठमाडौँ — चुनावी अभियानका क्रममा ‘मतदाताको खुट्टा ढोगेर दाम चढाएको’ तस्वीर भाइरल भएपछि मेलम्चीको वडा नं। १० का उम्मेदवार अमृत खनालले आफ्नो बचाउ गरेका छन् । खनाल नेपाली कांग्रेसबाट उक्त वडाका वडाध्यक्ष पदका उम्मेदवार हुन् । उनले चुनावी प्रचार प्रसार गर्न घरदैलो जाने क्रममा आफ्नी फुपूको घरमा पुगेर फुपुको खुट्टा ढोगेको भन्दै बचाउ गरेका हुन् । चुनावी प्रचारका क्रममा खुट्टा ढोगेको र पैसा पाउमा चढाएको उनी आफैले स्वीकार गरेका छन्, चाहे फुपुको भनेर बचाउ गरे पनि ।

सामाजिक सञ्जाल र मिडियामार्फत उनको खुट्टा ढोगिरहेको तस्वीर भाइरल भएको थियो । त्यसपछि उनले आफ्नो फेसबुकमार्फत स्पष्टीकरण दिएका हुन् । उनले फुपूको खुट्टा ढोगे पनि फुपू स्वयं मतदाता हुन्, चुनावको मुखमा यसले राम्रो सन्देश जान्न भन्ने कुरा भने उनले हेक्का राख्न सकेनन् । स्थानीयले भने अरू मतदाताहरूलाइ पनि पैसा चढाउँदै भोट मागिरहेको बताएका थिए । उनले भनेका छन्, ‘म मेलम्ची वडा नं। १० का कांग्रेस पार्टीबाट उम्मेदवारको रुपमा चुनाव अभियानसहित घरदैलो कार्यक्रमा फुपूको घर पुग्दा आशिर्वाद लिएको हुँ उनले फेसबुक मार्फत लेखेका छन ।