अर्थनीति

भारतीय २००, ५०० र २,००० का नोट प्रचलनमा ल्याउन सुझाव


काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघले २००, ५०० र २००० रुपैयाँका भारतीय नोटलाई नेपालमा प्रचलनमा ल्याउन सुझाव दिएको छ । सोमबार अर्थमन्त्री जनार्दन शर्मालाई बजेट सम्बन्धी सुझाव दिँदै महासंघले यस्तो सुझाव दिएको हो ।

महासंघले नेपालको पहाडी भूभागमा पर्यटक आकर्षित गर्न केवलकार परियोजनालाई प्राथमिकता दिन समेत सुझाव दिएको छ । ६८ प्रतिशत पहाडी भूभाग रहेको नेपालमा केवलकार परियोजनालाई विशेष प्याकेजको व्यवस्था गर्नुपर्ने सुझावमा उल्लेख छ ।

नेपाल सुरक्षित रहेको सन्देश प्रवाह गरि प्रभावकारी रुपमा लागु गर्नुपर्ने र यसलाई भारतमा केन्द्रित गर्न समेत महासंघले सरकारसमक्ष सुझाव दिएको छ ।
पर्यटन पूर्वाधार विकासका लागि चाहिने जग्गा सरकारले न्यूनतम भाडामा लिई उपयोग गर्न दिनु पर्ने र यसको समयावधि कम्तिमा ५० वर्षको हुनुपर्ने सुझावमा भनिएको छ ।