Breaking

स्थानीय तह निर्वाचनका लागि ६१ जिल्लामा मतपत्र ढुवानी, बाँकी १६ जिल्लामा केही दिनभित्रै गरिसक्ने


काठमाडौँ – निर्वाचन आयोगले ६१ जिल्लामा मतपत्र ढुवानी गरेको छ । बाँकी १६ जिल्लामा केही दिनभित्र मतपत्र ढुवानी गरिसकिने आयोगले जनाएको छ ।

अब मधेश प्रदेश र बागमती प्रदेशका जिल्लाहरूमा मतपत्र ढुवानी गर्न बाँकी रहेको छ । सडक सुविधा नभएका क्षेत्रमा हेलिकप्टरबाट मतपत्र ढुवानी गरिएको छ ।

अहिलेसम्म ६१ जिल्लाका लागि एक करोड २३ लाख मतपत्र ढुवानी गरिसकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । अनुमानभन्दा धेरै उम्मेदवारी परेका ठाउँमा भने पुनः मतपत्र छाप्ने आयोगको तयारी छ । आयोगले काठमाडौं महानगरका लागि पनि मतपत्र छपाइसकेको छ ।

काठमाडौँका लागि तीन लाख मतपत्र छपाइ गरिएको आयोगले जनाएको छ । आयोगका अनुसार आजदेखि ललितपुर, विराटनगर, वीरगञ्ज, भरतपुर र पोखरा महानगरको मतपत्र छपाइ हुनेछ ।