Breaking

बलियो पक्ष नै कमजोर हुँदा टेष्ट राष्टलाई जित्ने मौका गुम्यो,नेपालको बलिङ र व्याटिङ दिन र रात जस्तै

व्याटिङ सुधारिँदा बलिङ भने खस्कियो, अनुभवी खेलाडीभन्दा युवा चम्कियो


टेष्ट राष्ट्र जिम्बावेसँगको तीन सिरिज मध्येको पहिलो खेलमा नेपाल पछि परेको छ । त्रिवि मैदानमा आज भएको पहिलो टी–२० खेलमा नेपाललाई ६ विकेटले पराजित गर्दै जिम्बावेले अग्रता लिएको हो ।

आईसीसी क्रिकेट विश्वकप लिग–टू को तयारी स्वरूप जिम्बावे ‘ए’ सँगको खेलमा नेपाल ६ विकेटले पराजित भएको छ । जिम्बावे ‘ए’ले निर्धारित ओभर भन्दा सात बल पहिले नै जित आफ्नो पक्षमा पारेको थियो । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा दिएको १८१ रनको लक्ष्य जिम्बावे ए ले ४ विकेटको क्षतिमा भेटाएको थियो ।

पहिले व्याटिङ गर्दै स्कोर बोर्डमा राम्रो योगफल जोडे पनि बलिङ नचल्दा नेपाल हार्न बाध्य भएको थियोे । आक्रामक ब्याटिङ गरेको जिम्बाब्वे ‘ए का खेलाडी सामु नेपाली बलर निरीह जस्तै देखिएका थिए । जिम्बावे ‘ए’ लाई पहिलो जित दिलाउने क्रममा इनोसेन्ट कायाले ३० बलमा ९ चौकासहित ४७ रन बनाउँदा टाडिवान्से मरुमानीले ५६ रन जोडेका थिए । पहिलो विकेटका लागि यिनीहरुबीच ७३ रनको साझेदारी भएको थियो । मरुमानील ४१ बलमा ३ चौका र ३ छक्का प्रहार गरेका थिए ।

तेस्रो नम्बरमा व्याटिङ गर्न आएका टोनी मुन्योङ्गाले आक्रमक पारी खेल्दै जिम्बावे ‘ए’ लाई जितको ढोका खेलेका थिए । उनले २३ बलमा ७ छक्कासहित ५० रनको अर्धशतकीय इनिङ खेले । त्यस्तै विकेटकिपर क्लिभ माडन्डे ८ रनमा आउट हुँदा कुड्जाई मुन्जे ८ र रोए काया ६ रनमा अविजित रहे ।

नेपालका लागि ४ विकेट लिने क्रममा डेब्यू खेलाडी बसिर अहमदले दुई विकेट लिए । उनले ३.५ ओभरमा २५ दिए । सबैभन्दा महंगो बलर सावित भएका कप्तान सन्दीप लामिछानेले ४ ओभर फाल्दै १ विकेट लिएर ५० रन खर्चिन पुगे । करण केसीले ३ ओभरमा ३५ रन खर्चेर एक विकेट लिए ।

विगतको तुलनामा केही सुधार देखिएको व्याटिङमा आदिल आलमले शानदार प्रदर्शन गरे । सर्वाधिक रन जोडे । उनले २७ बल खेल्दै ४ चौका र ३ छक्काको प्रहारमा सर्वाधिक ४७ को योगदान गरे । यस्तै कुशल भुर्तेलले पनि ३१ बलमा ४६ रन बनाए । पाँचौँ ओभरको दोस्रो बलमा नेपाल पहिलो विकेटको रुपमा व्यक्तिगत ६ रनमा आसिफ शेखलाई गुमायो ।

दोस्रो विकेटको रुपमा भुर्तेल आउट हुँदा तेस्रो नम्बरमा व्याटिङ गर्न आएका रोहित कुमार पौड्यल व्यक्तिगत ४६ रनमा आउट भए । मध्यक्रमका भरभर्दा व्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले २८ रन जोड्दै पेभिलियन फर्के । आरिफ शेख पनि २ रनमा आउट भए । जितसँगै जिम्बावे‘ए’ले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । सिरिज अन्तर्गत दोस्रो खेल सोमबार हुनेछ ।

यसअघि नेपाल र जिम्बावेबीच एकदिवसीय शृंखला खेल्ने तय भएको थियो । शनिबार वर्षाका कारण पहिलो खेल रद्द भएपछि क्यानले शृंखलाको नयाँ तालिका सार्वजनिक गर्दै टी २० खेलाएको हो । तीन एकदिवसीय र तीन टी २० क्रिकेट शृंखलाका लागि टेष्ट राष्टङ अफ्रिकन टोली नेपाल भ्रमणमा आएको हो ।