राजनीति

सहकार्य नभएका स्थानमा पनि मिलेर चुनाव लड्न गठबन्धनको निर्देशन


काठमाडौँ – सत्ता गठबन्धनको बैठकले स्थानीय तह निर्वाचनमा समझदारी अनुरुप काम गर्न आ–आफ्ना दलले मातहतका निकायलाई निर्देशन दिने निर्णय गरेको छ । आज बसेको स्थानीय तह निर्वाचनको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले गठबन्धनको मर्म र भावना अनुरुप आपसी एकता कायम गर्दै निर्वाचनमा सक्रियतापूर्वक जिम्मेवारी पूरा गर्ने निर्णय पनि गरेको छ ।

यो निर्णय पालना नगर्नेलाई आ–आफ्ना दलले कारबाही गर्ने निर्णय पनि संयन्त्रको बैठकले गरेको छ ।