खेलकुद

जिम्बावे ’ए’ सँग नेपाल पराजित


काठमाडौँ – पहिलो टी–ट्वान्टीमा नेपाल पाहुना टोली जिम्बावे ’ए’ सँग पराजित भएको छ । टियु क्रिकेट मैदानमा आज भएको खेलमा नेपाललाई जिम्बावे ’ए’ ले ६ विकेटले हराएको हो ।

नेपालले दिएको १ सय ८२ रनको लक्ष्य जिम्बावे ’ए’ ले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर १ सय ८५ रन बनायो । जितसँगै जिम्बावे ’ए’ ले ३ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।

सिरिज अन्तर्गत नेपालले पाहुना टोलीसँग दोस्रो खेल सोमबार र तेस्रो खेल बुधबार खेल्नेछ । टी–ट्वान्टीपछि नेपालले एकदिवसीय सिरिज खेल्नेछ ।