Breaking

एमाले एक क्विन्टल आलु तर गठबन्धन एक/एक तोला सुन: महामन्त्री शर्मा


काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली काँग्रेस पार्टी आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रियरुपमा विजयी बन्ने दाबी गर्नुभएको छ ।

आज काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले काँग्रेसले स्थानीय तहको निर्वाचनमा विजयी बन्दै गर्दा विजयको कुरामात्र नसोचेको र समाजलाई एकै ठाउँ कसरी उभ्याएर जाने ? भन्ने बारेमा पहलकदमी गरिरहेको बताउनु भयो ।

महामन्त्री शर्माले स्थानीय निर्वाचनमा काँग्रेस बलियो बन्ने देखेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू क्विन्टल र अरु एक÷एक किलोको ढक भएको त्रासपूर्ण अभिव्यक्ति दिएको बताउनु भयो ।

उहाँले नेकपा एमाले एक क्विन्टल आलु भएको तर गठबन्धन एक÷एक तोला मात्र भएपनि सुन भएको जिकिर गर्नुभयो ।

महामन्त्री शर्माले नेकपा एमालेले बाहिर एक्लै भिड्न तयार रहेको अभिव्यक्ति दिएपनि भित्रभने कमल थापासँग तालमेल गरिरहेको बताउनु भयो ।