Breaking

नयाँ महानिरीक्षक नियुक्तिका लागि बालुवाटारमा बैठक


काठमाडौँ — नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) दुवै तर्फका महानिरीक्षक आज (आइतबार) देखि अनिवार्य अवकाशमा जाने भएकाले नयाँ नियुक्तिका लागि सहमति जुटाउन गृहमन्त्री बालकृष्ण खाँणसहित सत्ता गठबन्धनका शीर्ष नेता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला भएका छन् ।

गृहमन्त्रीको सचिवालयका अनुसार गृहमन्त्री खाँणलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बिहान ९ बजे बालुवाटार बोलाएका हुन् । छलफलमा सत्ता गठबन्धनका दलका नेता सहभागी छन् ।

३० वर्षे सेवा अवधिका कारण प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री र सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी अनिवार्य अवकाशमा जाँदै छन् ।

यसैले नयाँ नियुक्तिका लागि आज मन्त्रिपरिषदको बैठक बस्दै छ। त्यसअघि सत्ता गठबन्धनमा सहमति जुटाउन बालुवाटारमा बैठक बसिरहेको हो ।