Breaking

नागरिकको घरदैलोमा उम्मेदवार, मतदाता रिझाउन भोजभतेर र प्रलोभन प्रवृत्ति हावी


काठमाडौँ — निर्वाचन चिह्न प्राप्त गरेसँगै उम्मेदवारहरुलाई निर्वाचन प्रचार प्रसारको बाटो खुलेको छ । मतदाता रिझाउन, प्रलोभनमा पार्न उम्मेदवारहरुको तछाड मछाड नै हुने गर्दछ । विडम्वना पछिल्लो समय मतदातालाई प्रलोभनमा पारेरै निर्वाचन जित्ने प्रवृद्धि हाबी भएको छ । नेपाली कांग्रेसका नेता शशांक कोइरालाको यो अभिव्यतिले धेरैलाई झस्कायो । निर्वाचन आयोगले हतार हतार प्रष्टीकरण नै माग्यो । कारण कोइरालाले २०७४ सालको निर्वाचनमा प्रतिनिधि सभाको निर्वाचनमा ६ करोड खर्च गरेको खुलासा गरे । आयोगमा खर्च विवरण बुझाउँदा २१ लाख ७५ हजार खर्च विवरण बुझाएका थिए ।

जवकि त्यो बेला उमेदवारले २५ लाख मात्र खर्च गर्न पाउने उल्लेख थियो । समग्रमा कोइराला एक प्रतिनिधि पात्र मात्र हुन । तितो यर्थाथ यहि हो । राजनीतिक दलहरूले यस्ता खर्च रेकर्डमा राख्दैनन् तर अहिले चुनाव प्रचार–प्रसारमा नेता÷कार्यकर्ताका लागि गाडी होइन गाडीहरु प्रयोग गर्छन । मोटरसाइकलको लर्काे नै लगाउने थालेका छन । शहरदेखि गाउँमा मतदाता ओसार्ने देखि ठाउँ–ठाउँमा मतदाता रिझाउन गरिने भोजभतेर नै चुनाव जित्ने आधारको रुपमा विकास हुँदै गएको छ ।

आसन्न निर्वाचनका लागि अहिले हरेक दलका नेता कार्यकर्ताहरु आफ्नो पार्टीको उम्मेदवारका लागि भोट माग्न जनताको घरदैलो अभियानमा होमिएका छन । चुनावी परिणाम आफ्नो पक्षमा पार्न राजनीतिक दलहरूको दौडधुप र कसरत स्वाभाविक भए पनि आजभोलि यो दौडधुप र कसरत हरेक उम्मेदवारका लागि महँंगो हुँदै गएको छ । चुनाव ताका सबैभन्दा महत्वपूर्ण उम्मेदवारको क्षमता, योग्यता,योजना जस्ता विषयहरु गौण हुँदै गएका छन ।

निर्वाचनको परिणाम आएसँग हार्ने उम्मेद्वारले जित्नेलाई पैसा बाँडेर चुनाव जितेको आरोप–प्रत्यारोप नै चल्ने गर्छ । भलै आरोपलाई सत्य सावित गर्ने ठोष प्रमाण हुँदैन, तर यो असत्य भने पक्कै होइन । निर्वाचनमा चुनाव प्रचार सामग्री पछि अत्याधिक खर्च हुने क्षेत्र भोजभतेर हो भन्दा फरक पर्दैन । यसतर्फ आम मतदाता साथै नियमनकारी निकायाको ध्यानकर्षण हुन जरुरी छ ।