Breaking

उपमेयरको उम्मेद्वार भएपछि फेरियो सुनिताको बोली, वालेनलाई गीत गाउन बोलाउँछु भनेपछि हंगामा


काठमाडौँ — नेकपा एमालेबाट काठमाडौँ महानगरमालिको उपमेयर बनेकी सुनिता डंगोल विवादमा तानिन थालेकी छिन । पहिले मेयरमा उठ्ने उद्घोष गरेर पछि एमालेबाट उपमेयरको उम्मेद्वार बनेपछि नै उनीमाथि तेर्सिएको प्रश्न अन्य उमेद्धारमाथिको टिप्पणीका कारण अझ पेचिलो बन्दै गएको छ । काठमाडौँ महानगरमा मेयर पदमा उमेद्धारी घोषणा गरेकी सुनिता डंगोलले घोषणापत्र निर्माणका लागि सुझाव माग्दै गर्दा युवा उमेद्धार भन्दै उनको चर्चा सुरु भएको थियो । हुन पनि सन् २०११ मा मिस नेवाको ताज पहिरिन सफल तथा रन्जना लिपीलाई नवीन सोचका साथ विश्वभरका नेपालीलाई सिकाउँदै आएकी एक जुझारु युवाका रुपमा उनीबाट धेरै आशा गर्नेहरुपनि थिए ।

मुलुक समृद्ध बनाउन नयाँ सोच र जोस भएका युवा आवश्यक रहेको बताउने उनले प्रष्ट नभनेपनि स्वतन्त्र रुपमा उठ्ने संकेत गरेकी थिईन । काठमाडौंका जनताले सधैं न्यायको पक्षमा मतदान गरेको इतिहास भएको भन्दै साथमा ठुला दलको सम्पर्कमा पनि रहेको बताँउदै आएकी थिईन । हुन त त्यतिवेलैबाट उनी एमाले निकट रहेको भनने कुरा चल्दै आएको थियो । ब्याचलर अफ साइन्स बायोटेक्नोलोजीमा स्नातक गरेकी डङ्गोललाई विद्यासुन्दर शाक्य मेयरभएका कारण शिक्षा, स्वास्थ्य, सामाजिक, वातावरण तथा विपद् व्यवस्थापन विद्को रूपमा नियुक्ति दिइएको प्रसङलाई कोट्याएर उनी एमालेको कार्यकर्ता भएको निकटस्थले बताउँदै आएका थिए । पछि एमालेबाट उपमेयर उठ्न तयार भएपछि उनको थप वास्तविकता बाहिर आएपनि विद्यासुन्दरले मेयरमा टिकट पाए भोट काट्नकै लागि मेयरमा उनको उमेद्धारी प्रयोग हुने विश्लेषणहरु हुँदै आएका थिए ।

तर शाक्य मेयरको रिङबाट बाहिरएपछि उनकै तर्फबाट उपमेयर बनेको आरोप खेपकी उनलाई एउटा ठुलो दलले पत्याएकोमा भने युवा अघाडि आएको सकारात्मक रुपमा समेत बुझिएको थियो । तर उमेद्धारी दर्ताको एक हप्ता नवित्दै उनमा युवा प्रतिकै धारण बद्लिन थालेको छ । मेयरका उमेद्धार केशव स्थापीत मीटु आरोपमा जोडिदाँ समेत पृष्ठपोषणमा लागेकी डंगोल यसअघि नै माहानगरको विज्ञका रुपमा कार्यरत रहेकोले शाक्यको कार्यकालको अपजसको नैतिक दवाव पनि थपिएको छ । आफ्नो उम्मेद्वारीले युवा र महिलाको भावना प्रतिनिधित्व गर्ने बताएकी उनले आफ्नो प्रतिपर्धी नै नरहेका मेयरका उमेद्धार बालेन शाह प्रति गरेको कटाक्षले उनी अझ विवादमा तानिएकी छन ।

उनमा घमण्ड यति चढिसकेको छ कि आफू बाहेक अन्य युवाले राजनीति नै बुझ्न नसक्नेसम्को आक्षेप लगाउन थालेकी छन । उमेद्धार हुनले सरकारको प्रणाली बुझ्नुपर्ने बताएकी उनले वालेन शाहलाई आफूले थिएटर बनाउने र त्यसमा प्रस्तुती दिन बोलाउनसम्म भन्न भ्याएकी छन ।

पुरातन शक्ती र वृद्ध भन्दा बैकल्पिक र युवालाई विश्वास गर्नेको संख्या बढि रहँदा आफूलाई युवाको प्रतिनिधि ठान्नेहरुको यो स्तरको बुझाईले पुन ः गम्भिर प्रश्न खडा गरिदिएको छ । वैचारिक स्खलन र आफ्नो सिद्धान्तमा टिक्न नसक्दा वैकल्पिक दलहरु अस्थित्व रक्षाको अवस्थामा रहँदा डंगोलमा आएको परिवर्तनले उनकै लागि प्रत्युत्पादक बन्नेमा दुईमत छैन । तर यहि उदाहरणका कारण स्वतन्त्र र आफूलाई युवा भनेर दावी गर्दै नेतृत्व गर्न तम्सिनेप्रति हेर्न दृष्टिकोणमा आउने परिवर्तन भने अझ घातक बन्ने खतरा बढेको छ ।