Breaking

लिङ्देनलाई स्थापित गर्ने मुद्धा–भ्रष्टाचार गरेर खानु आमाको रगत खानु समान हो, राप्रपालाई चुनाव कति सहज ?


काठमाडौँ — पाँच दलीय सत्ता गठबन्धन र नेकपा एमालेको चर्चाले स्थान पाएको स्थानीय तह निर्वाचनमा राजेन्द्र लिङ्देन नेतृत्व राप्रपासमेत स्थापित हुन खोजिरहेको छ । तर उसका लागि आफ्नै मुद्धाघातक सिद्ध हुँदैछ ।
२०६२÷६३ कोजनआन्दोलनपछि राजसंस्था चाहने जनमतलाई कुनै स्थान दिइएको थिएन । राजा चाहने टाठाबाठाहरु पनि गणतन्त्रवादीहरुबाट हेपिएका थिए, अझ भनौं हेपिने डरकै कारण मात्रमौन समर्थनमा थिए ।तर वितेको डेढ दशक यता एकलौटी देश भोगचलन गरिरहेका ओली, प्रचण्ड र देउवा जस्ता नेताहरुकै व्यवहारका कारण त्यस्तो जनमतको आधार बढ्दै गएको मात्रै छैन, राजेन्द्र लिङ्देनसम्म आइपुग्दा एकीकृत भएर डर देखाउन खोजिरहेको छ ।

अहिले गणतन्त्रवादीहरुलाई निद्रामा पनि झस्काउने कुनै शक्ति छ भने त्यो लिङ्देन नेतृत्वको राप्रपा नै हो ।असम्भव नै मानिएपनि राजा फर्काउने लिङ्देनको उदेश्यले गणतन्त्रमा खाइपाइ आएकाहरुको निद हराम भएको छ । तथापी लिङ्देन आफैलाई नेपाली राजनीतिमा स्थापित हुनु सबैभन्दा बढी चुनौतीपूर्ण छ । र यसका लागि यहीँ स्थानीय तहको निर्वाचनलाई लिङ्देनले आधारशिला बनाउन खोजिरहेका छन् । भ्रष्टाचार गरेर खानु आमाको रगत खानु समान हो’। लिङ्देनका लागि यो प्रण अहिले फलिफाप सिद्ध बन्दैछ । किनकि भ्रष्टाचारविरोधी यहीँ संकल्पलाई प्रमुख अस्त्र बनाएर राप्रपाका हरेक उम्मेद्वार चुनावमा होमिएका छन् । जसलाई पत्याएर जनताले लोभलाग्दो समर्थन पनिदिएका छन् ।

आमसभादेखि सामाजिक सञ्जालसम्म राप्रपाले शक्तिदेखाउने काम गरेको छ । विगतमा निर्वाचित झापाको हल्दीबारी र कचनकवल जस्ता स्थानीय तहका केही सफलतालाई रोलमोडल बनाएर लिङ्देनले आगामी निर्वाचनमा आफुलाई थप विस्तार गर्ने नीति बनाएका छन् । राप्रपामा जुन खालको लहर लिङ्देनले ल्याएका छन्, त्यो विगतमा सायदै थियो । तरसानो लोभकै कारण विचार, सिदान्त नमिल्नेसँग गरिएको तालमेल उनका लागि घातक बन्न सक्छ । स्थानीय तहको निर्वाचनमा राप्रपाले चितवनमा एमालेसँग चुनावी तालमेल गरेको छ । पाँच दलीय गठबन्धन एकभएर एमालेविरुद्ध उभिएका बेला राप्रपा एमालेसँग मिल्न गएपछि सत्ता गठबन्धनमा आवद्ध दलहरुले खिसिटीउँरी गरिरहेका छन् ।

राजेन्द्र लिङ्देनको मुलमुद्धा यो व्यवस्थामाथि हो ।देशलाई दुईदशक पछाडी धकेल्न उनी अझै राजसंस्था पुनःस्थापनाको मुद्धालाई शिरोपर गरिरहेका छन् । जबकि विपक्षीहरु यसलाई पुरातनवादी र प्रतिगामीको नाम दिएर निरन्तर विरोधमा छन् । फलत नेतृत्वमा आएपछि उभार ल्याएका लिङ्देनलाई उत्साह नभएको राजा फर्काउने मुद्धानै घातक हुने देखिन्छ ।