Breaking

महानगरमा चुनावी महासंग्राम, गठबन्धनका लागि वागी नै भारी


काठमाडौँ — जति जति निर्वाचन मिति नजिकिँदै छ, चुनावी सरगर्मी थप बढ्दो छ । उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक भएसँगै निर्वाचनको माहोल थप तात्तिएको छ । दलहरुले महानगरलाई प्रतिष्ठाको विषय बनाएपछि यतिवेला सिंगो देशका ध्यान ६ महानगरमा केन्द्रित देखिन्छ । शनिवार उम्मेदवारहरुले आ–आफ्नो चुनाव चिह्न पाएका छन । यससँगै उम्मेदवारहरु चुनावी प्रचारका लागि नागरिकको घरदैलोमा केन्द्रित बनेका छन् । सबै स्थानीय तह उत्तिकै महत्वपूर्ण भए पनि ६ वटा महानगरपालिकालाई दलहरुले प्रतिष्ठाको विषय बनाएको पाइन्छ ।

आफ्नै उम्मेदवार विरुद्ध वागी उम्मेदवार उठेपछि दवावमा रहेका गठबन्धनका लागि महानगरको जित थप सकसपूर्ण छ भने एमालेभित्र केहि महानगरमा विवादित उम्मेदवार त कतै असन्तुष्ट कार्यकर्ताको प्रभाव मतदानसम्मै पर्ने डर कायमै छ । काठमाडौँ महानगरमा एमालेबाट मेयरमा केशव स्थापित छन । स्थापित सुरुदेखि नै विवादित छन । स्थापितको प्रतिस्पर्धीमा कांग्रेस नेतृ सृजना सिंह छिन । स्थापित यसअघि काठमाडौं महानगरको मेयर भैसकेका छन् भने सिर्जना कांग्रेस नेता प्रकाशमान सिंहकी श्रीमती हुन । सिंह र स्थापित दुवै ‘हेभी वेट’ उम्मेदवार हुन् ।

एमालेबाट उपमेयर चिठ्ठा पाएकी सुनिता ढंगोल पनि पछिल्लो आफ्नै अभिव्यतिका कारण आलोचित छन । स्वतन्त्र उम्मेदवार बालेन शाह र विवेकशील साझाका उम्मेदवार समिक्षा बास्कोटा पनि चर्चासँगै जनताले पत्याउने विश्वास देखिन्छन् । चर्चाको केन्द्रमा रहेको भरतपुर महानगरपालिकाको मेयरका लागि गठबन्धनबाट निवर्तमान मेयर रेनु दाहाल, प्रमुख प्रतिपक्ष एमालेबाट विजय सुवेदी र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलबीच प्रतिस्पर्धा हुने देखिन्छ । कांग्रेस नेता तथा पूर्वसांसद जगन्नाथ पौडेल उम्मेदवारी फिर्ता नलिएपछि भरतपुर महानगर गठबन्धनका लागि थप पेचिलो बनेको छ ।

गण्डकी प्रदेशको मुकाम पोखरा महानगरपालिकामा एमालेबाट कृष्ण थापा चुनावी मैदानमा छन् । एमाले सचिवालय बैठकले यसअघि मेयरमा एमाले नेता दीपक पौडेलको नाम टुंगो लगाएलगत्तै सिक्री चोरी गरेको भिडियो सार्वजनिक भएपछि थापालाई मेयरको चिठ्ठा पर्यो । सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्य उम्मेदवार छन । कांग्रेस नेता विमल बहादुर कार्कीले मनोनयन फिर्ता नलिएपछि पोखरामा पनि त्रिपक्षीय भिडन्त हुने देखिन्छ ।

एमालेको गढ मान्ने पोखरा महानगरमा गठबन्धनबाट बागी उम्मेद्वार कायमै रहेपछि यहाँको निर्वाचन पनि रोचक बन्ने निश्चित विरगन्ज महानगरपालिकामा यसअघिका मेयर एमालेबाट विजय सरावगी र गठबन्धनबाट राजेशमान सिंह मुख्य प्रतिस्पर्धी छन । एमाले र लोसपाको गठबन्धन र सत्तागठबन्धनबीच भिडन्त हुँदैछ । विराटनगर महानगरमा एमालेबाट सागर थापा र गठबन्धनबाट नागेश कोईराला मेयरको प्रतिस्पर्धामा छन । ललितपुरमा एमालेबाट मेयरमा हरिकृष्ण व्यञ्जनकार र सत्ता गठबन्धनबाट कांग्रेसका चिरिवाबु महर्जन प्रतिस्पर्धामा छन ।

वटा महानगरपालिका साना ठुला सबै राजनीतिक दल तथा उम्मेदवारको दृष्टि छ । समग्रमा यस पटक महानगरमा सत्ता गठबन्धन र प्रतिपक्ष एमालेबीच नै मुख्य प्रतिष्पर्धा हुने देखिन्छ ।