Breaking

५ वर्षदेखि सोलु नगरको विकासमा व्यापक विभेद भयो : उम्मेद्वार आङकाजी शेर्पा


सोलुखुम्बु । गएको पाँच वर्षमा सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले नगरपलिकाको विकासमा व्यापक विभेद गरेको आरोप लगाएका छन् । आज सोलुदुधकुण्ड नगरपालिकाको वडा नम्बर ८ मा आयोजना गरेको बृहत आमसभा कार्यक्रममा सोलदुधकुण्ड नरगपालिकाका लागि नेकपा एमालेबाट मेयरका उम्मेद्वार आङकाजी शेर्पाले केरुङ लगायत त्यस भेगको विकासमा नाम्गेल जाङबु शेर्पाले चरम विभेद गरेको आरोप लगाएका हुन् । नेकपा एमालेप्रति जनता उर्लिएको देख्न नसकेर शेर्पाले केरुङ, गोराखानी र टाप्टीङलाई विकासका योजना प्राथमिकतामा नराखेको आरोप लगाएका हुन् ।

शेर्पाले नगरपालिकाको प्रमुख भएर ५ वर्ष विताउँदा अधिकांश समय निर्माण व्यवसायी, जलविद्युत आयोजनाहरुसंग करोडौँ असुलीको धन्दा मात्रै चलाएको दावी गरका छन् । उनै व्यक्ति पुन नगरपालिकाको मेयरका लागि अघि बढेकाले विकासका लागि नेकपा एमालेका उम्मेदवारलाई मत प्रदान गर्न पनि नगरबासीहरुलाई उनले आग्रह गरेका छन् । आफू निर्वाचित भए केरुङ लगायत यस भेगका खाली जग्गाहरुलाई बृहत उपयोग गरि कृषि उत्पादन, पशुपंक्षिको व्यवसायीक योजनाहरु ऋघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । विकासको आधा काम मात्रै भई टुहुरो बनेको बुद्ध पार्कको निर्माण सम्पन्न गर्न, पत्ताले, धाप लगाइतका क्षेत्रमा बार्षिक ५ लाख सम्म पर्यटक भित्र्याउने आफ्नो लक्ष्य रहेको मेयरका उम्मेद्वार आङकाजी शेर्पाले बताए ।

यस्तै उपमेयरका उम्मेद्वार मोहनकुृमारी कार्कीले खानेपानी, शिक्षा, स्वास्थ्य र युवा स्वरोजगारका एजेण्डाहरु एमालेको पहिलो प्राथमिकता भएकाले वडा तहदेखि नगरपालिकासम्म एमालेका उम्मेदवारहरुलाई विजयी गराउन उनले मतदाताहरुसंग आग्रह गरिन् । अबको ५ वर्षमा हरेक गाउँ र टोलहरुमा पुगेको सडकलाई स्तरोन्नती गर्दै कालोपत्रे गर्ने भनाई व्यक्त गरिन् । कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटि सदस्य स्याम क्षेत्रीले नगरको समावेशी विकासका लागि एमालेको जीत आवश्यक रहेको बताए । वडा नम्बर ८ मा देखिएको एमालेमय उत्साहले सोलुदुधकुण्ड नगरपालिकामा एमालेको जीतलाई सुनिश्चित गरेको उनको दावी छ ।

यस्तै नेकपा एमाले साुलुखुम्बुका सहसचिव दीपक राजभण्डारीले केरुङ क्षेत्र ढाका बुनाई, हस्तकला र व्यवसायीक उत्पादनमा अन्य गाउँभन्दा एक कदम अघि रहेकाले एमालेले जित हासिल गरे यस्ता उद्यमीहरुलाई प्रोत्साहित गरि योजनाहरु तर्जुमा गर्ने बताए । नगरपालिकाको कार्यवाहक मेयर तथा एमाले नेतृ कल्पना राईले मेयर नाम्गेल जाङबु शेर्पाको हेपाह प्रवृत्तिका बिच आफूले यस क्षेत्रमा भौतिक पूर्वाधार विकासका लागि थुप्रै योजनाहरु लागु गरिएको बताइन् । ५ वर्षमा यस गाउँको अपेक्षाकृत विकास हुन नसकेको स्वीकार गर्दै राईले एमालेको विजय पश्चात अबको ५ वर्ष केरुङ, टाप्टीङ र गोराखानीको विकासको वर्ष हुने बताइन् ।

एमाले पार्टीको नगर कमिटि अध्यक्ष विर उदास श्रेष्ठले केरुङसहित सोलु नगरपालिकाको विकासको काँचुली फेर्न आङकाजी शेर्पा मेयरमा, मोहनकुमारी कार्की सहित ११ वटै वडा अध्यक्ष तथा पदाधिकारीको जित आवश्यक रहेको बताए । केरुङमा आयोजित चुनावी आमसभामा नेपाली काँग्रेस परित्याग गरि एक दर्जन नेता कार्यकर्ताहरु एमाले पार्टीमा प्रवेश गरेका छन् । सो कार्यक्रममा केरुङका झण्डै ६ सय मानिसहरु सहभागि भएका थिए । नेकप एमालेले भालि आइतबार टाप्टीङमा चुनावी आमसभाको कार्यक्रम आयोजना गरेको छ ।