देश

धनगढीका मेयर उम्मेदवारको चुनाव चिह्न आँप


काठमाडौँ — सुदूरपश्चिमको धनगढी उपमहानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले चुनाव चिह्न ‘आँप’ पाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीले शनिबार हमाललाई ‘आँप’ चुनाव चिह्न प्रदान गरेको हो ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि स्वतन्त्र रुपमा मेयर पदमा उम्मेदवारी दिएका हमाल नेपाली कांग्रेसका नृपबहादुर वडसँग पराजित भएका थिए । वडले १४ हजार ३२४ मत ल्याएर विजयी हुँदा हमाल ११ हजार ५२७ मत ल्याएर दोस्रो भएका थिए ।