काडमाडौँ — शुक्रबार राति आएको हावाहुरीले जिल्ला अदालत जाजरकोटको भवनको छाना उडाएको छ । हावाहुरीले ६ कोठे भवनको टिनको छाना उडाएको हो । उक्त भवनमा लेखाशाखा, स्टोर, कर्मचारी तथा सुरक्षाकर्मीको अवास थियो । सुतिरहेका एक जना कर्मचारी भागेर ज्यान बचाएका थिए ।
टिनको छाना उडाउनका साथै कोठा भित्रका सबै समान नष्ट भएको प्रहरीले जनाएको छ । क्षतिको पूर्ण विवरण अझै आइनसकेको जिल्ला न्यायाधिश यज्ञराज आचार्यले बताए । उनले मुख्य निर्वाचन अधिकृतिको कार्यालयसमेत जिल्ला अदालतमै भएकोले केही काम प्रभावित हुने बताए ।
्


प्रतिक्रिया