देश

काँग्रेस पोखरा महानगरपालिकामा मेयर पदमा बागी उम्मेदवार कार्कीलाई लालटिन चिन्ह


काठमाडौँ — काँग्रेस बागी पोखराका विमलबहादुर कार्कीलाई लालटिन चिन्ह दिएको छ । नेपाली काँग्रेसका तर्फबाट पोखरा महानगरपालिकामा मेयर पदमा बागी उम्मेदवार बनेका विमलबहादुर कार्कीलाई लालटिन चिन्ह दिएको हो । काँग्रेसको मर्मलाई मारेर गठबन्धन गरेको आरोप लगाउँदै कार्कीले मेयर पदमा कार्कीले उम्मेदवारी दिएका थिए ।

उनलाई पार्टी नेतृत्वले उम्मेदवारी फिर्ताका लागि निर्देशन दिएको भए पनि उनले आफ्नो अडानलाई कायम राखेका छन् । पार्टी निर्णय विपरीत गएको भन्दै कार्कीलाई काँग्रेसले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिसकेको छ । गठबन्धनका तर्फबाट पोखरा महानगरमा मेयर र उपमेयर पदमा एकीकृत समाजवादीका धनराज आचार्य र नेपाली काँग्रेसकी कोपिला रानाभाटले उम्मेदवारी दर्ता गराएका छन् ।