Breaking

भरतपुर मेयरमा बागी उम्मेदवार पौडेलले पाए चुनाव चिन्ह ‘भुइँकटहर’


काठमाडौँ — यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज चुनाव चिन्ह वितरण गरेको छ । भरतपुर मेयरमा बागी उम्मेदवार दिएका जगन्नाथ पौडेलले चुनाव चिन्ह भुइँकटह पाएका हुन । मेयरका उम्मेदवार पौडेललाई फकाउन गृहमन्त्रीसमेत रहेका कांग्रेसका नेता बालकृष्ण खाण र राज्यमन्त्री उमेश श्रेष्ठलाई प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले भरतपुर पठाएका थिए ।

तर उनीहरूले पौडेललाई फकाउन सकेनन् । बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन भने पनि उनले नमानेपछि उनलाई पार्टीबाट निष्कासन गरिएको थियो । त्यसैले अबको निर्वाचनमा पौडेलले भुइँकटहर चुनाव चिन्हबाट चुनाव लड्नेछन् ।