Breaking

उम्मेदवारको मृत्यु भएपछि बुद्धभूमि गाउँपालिकाको निर्वाचन स्थगित


काठमाडौँ — वडाध्यक्षका उम्मेदवारको मृत्यु भएपछि कपिलवस्तुको बुद्धभूमि गाउँपालिकामा स्थानीय तह निर्वाचन स्थगित भएको छ ।

गाउँपालिकाको वडानम्बर ८ का वडाध्यक्षका उम्मेदवार ओमप्रकाश तिवारीको मृत्यु भएकोले आजको निर्वाचन कार्यक्रम स्थगित गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

एमालेबाट उम्मेदवार बनेका तिवारीको शुक्रबार मृत्यु भएको सूचना प्राप्त भएपछि निर्वाचन अधिकृतको कार्यालयले सूचना जारी गर्दै निर्वाचन कार्यक्रम स्थगित गरेको हो ।