Breaking

सिन्धुलीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ७ घाइते


काठमाडौँ — सिन्धुलीमा बोलेरो जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा ७ जना घाइते भएका छन् ।

दुर्घटनामा कमलामाई नगरपालिका-७ का ३० वर्षीया रुपा मगर, तीनपाटन गाउँपालिका-९ आम्बोटेका ५१ वर्षीय रामजीप्रसाद भण्डारी र ४५ वर्षीय तुलसीराम पहाडीको मृत्यु भएको सिन्धुलीका एसपी विमलराज कँडेलले जानकारी दिए ।

उनका अनुसार घाइते सबैलाई स्थानीय बेलघारी स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि जिल्ला अस्पताल पठाउने तयारी गरिएको छ ।

सिन्धुली माडीबाट चकमके जाँदै गरेको बागमती प्रदेश ०१-०२५ च ०४५६ नम्बरको बोलेरो तीनपाटन गाउँपालिका-५ को नक्कलेमा आज साँझ दुर्घटना भएको थियो । जिप सडकबाट करिब एक सय मिटर तल खसेको एसपी कँडेलले बताए ।