राजनीति

पोखराका वडा स्तरमा गठबन्धनबीच तालमेल नहुने


काठमाडौँ – पोखरा महानगरपालिकामा सत्तारुढ दलहरुबीच मेयर र उपमेयर पदमा मात्र तालमेल हुने भएको छ ।

वडास्तरमा तालमेल गर्ने विषयमा शुक्रबार दलहरुबीच भएको छलफलमा सहमति नजुटेपछि मेयर र उपमेयरमा मात्र तालमेल हुने भएको हो । वडास्तरमा अब सबै दलले आपसमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

पोखरा महानगरपालिकामा ३३ वटा वडा छन् । सत्तारुढ दलहरुबीच मेयर एकीकृत समाजवादीले पाउने र उपमेयर कांग्रेसले पाउने सहमति यसअघि नै भएको थियो ।