राजनीति

महानगरवासीको भावना अनुसार काम गर्ने मेयरका प्रत्यासी मदनदासको प्रतिवद्धता


काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका काठमाडौँ महानगरपालिकाका मेयरका उम्मेदवार मदनदास श्रेष्ठले आफू विजयी भएमा महानगरभित्रका आम नागरिकको चाहना अनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

वरिष्ठ कलाकार समेत रहनु भएका श्रेष्ठले महानगरवासीको मनोभावना र चाहना अनुसार काम गर्न आफूले राप्रपाबाट मेयरको उम्मेदवारी दिएको पनि बताउनु भयो । मेयरका उम्मेदवार श्रेष्ठले घोषणा गर्नु भएको प्रतिवद्धता पत्रमा ६ महिना भित्र काठमाडौंलाई फोहोरमुक्त सहर बनाउने महत्वकांक्षी योजना उल्लेख गरिएको छ ।

उम्मेदवार श्रेष्ठले आफ्नो प्रतिवद्धता पत्रमा काठमाडौलाई भ्रष्टाचामुक्त बनाउने, सार्वजनिक यातायातामा ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुलाई निःशुल्क गर्ने लगायतका योजना उल्लेख गरिएको बताउनु भयो ।