काठमाडौँ – रुसले युक्रेनमा आक्रमण गरेको दुई महिनाभन्दा धेरै समय भइसकेको छ । तर युद्ध रोनिनु भन्दा थप भयावह हुदै गएको छ । यस विचमा राष्ट्रसंघका महासचिवले दुवै देशको स्थलगत भ्रमण गरे तर भ्रमण सफल भएन । अझ अमेरिकाले सैन्य, मानविय र आर्थिक सहयोगको ठुलो प्याकेज नै घोषणा गरे पछि रुस थप रुष्ट बनेको छ ।
रुसले युक्रेनमा गोलाबारी निरन्तर गरिरहे पनि पुर्ण भने हुन सकेको छैन । कारण हो युक्रेनमा पश्चिमा राष्ट्रको सहयोग । विश्वको सक्ती राष्ट्रमध्यको एक रुस युक्रेनमा कब्जा जमाउन नसक्नुमा युक्रेनी जनता र राष्ट्रपति भोलो दिमिर जेलेन्स्की पनि हुन् । जेलेन्स्कीले आडबिक हतियारले सुसज्जीत रुस माथि डटेर सामना गरिरहदा पश्चिमा देशले उनलाई प्रत्यक्ष सहयोग गरिरहकेका छन् ।
शक्रबार मात्र अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई थप ३३ अर्ब डलर सहायता उपलब्ध गराउन संसद् समक्ष प्रस्ताव पेस गरे । र त्यो प्रस्ताव अमेरिकी संसदले पारित गर्ने लगभग निश्चित जस्तै छ । बाइडेनले रुसको आक्रमणबाट गम्भीर सङ्कटमा परेको युक्रेनको सैन्य र मानवीय क्षमता बढाउनको लागि ३३ अर्ब डलर अर्थात नेपाली रुपैयामा हेर्ने हो भने ४० खर्ब ३३ अर्ब रुपैयाँ सहयोगको प्रस्ताव गरेका छन् ।
यसमध्ये २० अर्ब डलर सैन्य सहायता आठ अर्ब आर्थिक सहायता र बाँकी मानवीय सहायताको लागि उपलब्ध गराउन बाइडेनले प्रस्ताव गरेका छन । अमेरिकाले यो सहायता पारित नगरेमा रुस थप आक्रामक हुने र अरु देशलाई पनि गाह्रो हुँदै जाने बाइडेनको भनाइ छ ।
युक्रेनलाई सहयोग गर्नुको अर्थ रुसलाई आक्रमण गरेको नठहरिने बरु युक्रेनलाई आत्मरक्षाको लागि सहयोग पुग्ने बाइडेनले बताएका छन । तर रुसले भने युरोपेली देश र अमेरिकाले युक्रेनमा बढाउँदै लगेको आर्थिक र सैन्य सहायता रुसको लागि जोखिमपूर्ण रहेको भन्दै उचित जवाफ फर्काउने चेतावनी दिएको छ । अझ रुसी विदेशमन्त्रीले त यो सहयोग पारीत भए विश्व युद्ध हुने धम्की दिएको छ ।
यता, शन्ती स्थापना गर्न भन्दै स्थापना भएको संयुक्त राष्ट्रसंघले पनि उपयुक्त निर्णय लिन सकेको छैन् । हालै रुस र युक्रेनको भ्रमण गरेका संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले युक्रेनमाथि भइरहको रुसी आक्रमण रोक्न नसकेकोमा आफ्नै सङ्गठन अन्तर्गत रहेको सुरक्षा परिषद्कैे आलोचना गरे ।
युक्रेनमा रुसले आक्रमण गरेका मुख्य सहरको भ्रमण र राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीसँगको भेटवार्तापछि भएको पत्रकार सम्मेलनमा महासचिव गुटेरेसले संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद् युद्ध रोक्न असफल भएको भन्दै आलोचना गर्न भ्याए । १५ सदस्यीय सुरक्षा परिषद्लाई विश्वव्यापी शान्ति र सुरक्षा सुनिश्चित गर्ने जिम्मेवारी दिए पनि युक्रेन युद्धमा सुरक्षा परिषद्ले केही गर्न नसकेको गुटेरेसको भनाई छ ।
पत्रकार सम्मेलन चलिरहेकै बेला राजधानी किएभमा दुई वटा ठूला विस्फोट हुँदा हल हल्लिएको थियो । महासचिव गुटेरेस रुस भ्रमणपछि युक्रेनमा पुगेका थिए । रुसले युक्रेनमा आक्रमण गरेको दुई महिनाभन्दा धेरै समय भइसकेको छ । यसविचमा पश्चिमा देश र रुसको तिक्तता थप गहिरीदै गएको छ । जसका कारण यहि युक्रेन रुसलाई लिएर विश्व युद्ध हुने आंकलन कतिपय ले गरिरहेका छन ।


प्रतिक्रिया