Breaking

सत्ता गठबन्धन र एमालेबीच नै मुख्य प्रतिष्पर्धा, बैकल्पिक शक्ति भनिएकाको अवस्था के होला ?


काठमाडौँ – निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरुले आफ्ना गतिविधि तीब्र बनाएका छन् । दलहरुका गतिविधि र प्रभावलाई हेर्दा सत्ता गठबन्धन र नेकपा एमालेबीच नै देशभर मुख्य प्रतिष्पर्धा हुने देखिएको छ । आफूलाई बाकल्पिक शक्तिको रुपमा परिभाषित गर्दै आएका केही साना दलहरुले निर्वाचनमा कस्तो प्रभाव छोड्लान् ? यो पनि चासोको विषय बनेको छ ।

मुलुक यति बेला निर्वाचनमा होमिएको छ । अहिलेको निर्वाचनमा पाँचदलिय सत्ता गठवन्धन र एमाले बीच प्रतिस्पर्धा हुने पक्का छ । गठवन्धन र एमालेका अलवा आफुलाई बैकल्पिक शक्तिको रुपमा चिनाएका राप्रपा र विवेकशील साझा पार्टी पनि चुनावी मैदानमा छन् ।

तर आफुलाई बैकल्पिलक शक्तिको रुपमा चिनाएका राप्रपा र विवेकशील साझाले फेरि पनि पाँच दलिए गठवन्ध र एमालेलाई धक्का दिने संम्भावना भने न्यून छ । काठमाडौँ महानगरपालिकामा मेयरको लागि एमालेबाट केशव स्थापित, सतागठवन्धबाट कांग्रेस नेतृ सिर्जना सिंह चुनावी मैदानमा छन् ।

त्यस्तै ,राप्रपाले कलाकार मदनदास श्रेष्ठ र विवेकशील साझा पार्टीले समीक्षा सापकोटालाई उमेद्वार बनाएको छ । राजनीतिक दलदेखि वाक्क दिक्क भएका नेपाली जनतालाई बैकल्पिक शक्तिको रुपमा उदाएका पार्टीहरुले पनि खासै आकर्षित गर्ने एजेण्डा प्रस्तुत गर्न सकेका छैनन् ।

मुलधारका राजनीतिक दलले केहि नगरेको भनेर उनिहरुकै सत्तो सराप गरेर मात्रै जनता आकर्षित हुने छाट भने देखिदैन् । आफुलाई द्रविलो वैकल्पिक शक्तिको रुपमा चिनाएको राप्रपाले काठमाडौँ महानगरमा विगतको इतिहास पल्टाउन सक्ला त ? पटक पटक व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन नभएको नेपालमा वैकल्पिक शक्तिको नाम दिएर जति राजनीतिक दल जन्मिए पनि जनताले भोट चै पुरानै पार्टीलाई हाल्ने गरेको पाइन्छ ।

नेपालको राजनीतिक अवस्था होटल पसेर मेन्यु पल्टाउदा पल्टाउदा गरेर अन्तिममा मम चाउमिन मगाए जस्तै छ । भनेको वैकल्पिक शक्तिको कुरा गर्ने तर भोट एमाले कांग्रेसलाई नै हाल्ने यो प्रवृतिका कारण पनि बैकल्पिक शक्ति मुलधारका पार्टीका अगाडी निरीह छन् ।

विगत देखिनै आफुलाई वैकल्पिक शक्तिको रुपमा प्रस्तुत गरेको विवेकशील साझाले काठमाण्डौ महानगरमा समिक्षा बास्कोटालाई मेयरको रुपमा उठाएको छ । एकातिर सत्ता गठनन्धन, अर्को तिर एमाले र राप्रपासँगको चुनावी भिडन्तका बीच आफुलाई उभ्याएकी समिक्षाको पल्ला कति भारी होला ?

सभा सम्मेलनमा ठूलै जमात उतारेर शक्ति प्रदर्शन गरेपनि साना राजनीतिक दल अहिले सम्म चुनावमा निर्णायक हुन सकेका छैनन । एमाले कांग्रेस माओवादीको कोपभाजनामा परेका साना राजनीतिक दलले सामाजिक सञ्जालमा पाएको मत चुनावमा निर्णायक नहुने भएकाले पनि होला धेरै जनताको साथ सहयोग पाएको देखिएपनि चुनावमा भने हात ल्याग्यो शुन्य नै हुने गरेको छ ।

ठूला पार्टीको विरोध गरेर मात्रै जनताको मन परिवर्तन नहुने भएकाले पनि वैकल्पिक शक्तिहरुले जनताको जनजिविकासँग जोडिएका एजेण्डा प्रस्तुत गर्न जरुरी छ ।