Breaking

उम्मेदवारी फिर्ता लिन आज अपरान्ह ५ बजेसम्मको समयसीमा


काठमाडौँ – स्थानीय तह निर्वाचन अन्तर्गत उम्मेदवारी फिर्ता लिन चाहनेहरूले आज अपरान्ह ५ बजेसम्म फिर्ता लिन सक्ने निर्वाचन आयोगले बताएको छ ।

वैशाख ११ र १२ मा उम्मेदवारी दर्ता गरेकाहरूले केही कारणले उम्मेदवारी फिर्ता लिन चाहे मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत कार्यालय पुगेर उम्मेदवारी फिर्ता लिन सक्ने छन् ।

देशभरबाट डेढ लाखभन्दा बढी उम्मेदवारी दर्ता भएको छ । आयोगले आजै उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको छ ।

निर्वाचन कार्यतालिका अनुसार आयोगले भोलि उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने छ ।

उम्मेदवारी दिएका उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता गराउन डर, धाक, धम्की, धरपकड र प्रलोभन नदिन आग्रह गरेको छ ।