Breaking

विराटनगर महानगरपालिका : उपमेयरको उम्मेदवारी खारेज गर्न माग गर्दै प्रदर्शन


काठमाडौँ — विराटनगर महानगरपालिकाको उपमेयरमा एमालेबाट उम्मेदवारी दिएकी शिल्पा निरला कार्कीको उम्मेदवारी खारेज गर्न माग गर्दै गठबन्धनका कार्यकर्ताले मुख्यनिर्वाचन अधिकृतको कार्यालय घेराउ गरेका छन् ।

उपमेयरका विरुद्ध परेको उजुरी खारेज गर्दै बिहीबार कार्यालयले उनको उम्मेदवारी सदर गरेको थियो । सदरको विरोधमा गठबन्धनका कार्यकर्ताले प्रदर्शन गरेका हुन । कोशी अस्पताल विराटनगरको सञ्चालक समिति सदस्यबाट राजीनामा नगरी उम्मेदवारी दिएको भन्दै उनको उम्मेदवारी खारेजको माग राखी निवेदन परेको थियो ।

निर्वाचन अधिकृतको कार्यालयमा कार्कीले वैशाख ११ गते राजीनामा दिएको कागजात पेश गरेकी थिइन् । तर अस्पतालले उनी सञ्चालक समितिमा रहेको र राजीनामा स्वीकृत नभएको भन्दै १३ गते पत्र दिएको थियो ।