Breaking

बागी उम्मेदवारी फिर्ता नलिए पार्टीबाट निष्कासन गर्ने कांग्रेसको चेतावनी


काठमाडौँ – नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाहरूलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ ।

फिर्ता नलिए उम्मेदवार, उम्मेदवारको प्रस्तावक र समर्थक पार्टीबाटै स्वतः निष्कासन हुने चेतावनी कांग्रेसले दिएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार बिहान प्रेस विज्ञप्ति जारी गरी बागी उम्मेदवारी दिएका पार्टीका नेता–कार्यकर्तालाई अहिले बिहान १० बजेदेखि साँझ ५ बजेभित्र उम्मेदवारी फिर्ता लिन अनुरोध गरेका हुन् ।