Breaking

हुम्लामा म्यादी प्रहरीको मृत्यु


काठमाडौँ — सदरमुकाम सिमकोटमा एक म्यादी प्रहरीको मृत्यु भएको छ ।

सिमकोटको माथिल्लो बजारमा साथीको डेरामा बस्दै आएका सर्केगाड गाउँपालिका–६ का ४५ वर्षीय जसबहादुर रोकायाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाका अनुसार कोठामा झ्याल ढोका सबै बन्द गरेर सुतेका रोकाया बिहीबार मृत अवस्थामा भेटिएका हुन् ।

उनको मृत्युको कारण खुल्न सकेको छैन । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।