Breaking

मुस्ताङमा तीर्थयात्री सवार बस दुर्घटना हुँदा १ जनाको मृत्यु, १२ जना घाइते


काठमाडौँ — विराटनगरबाट तिर्थयात्री बोकेर गएको बस मुस्ताङमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

मुस्ताङको वारागुङ गाउँपालिका १ कागबेनीमा ना ५ ख २१४९ नम्बरको बस अनियन्त्रित भइ दुर्घटना हुँदा स्थानीय एक महिलाको मृत्यु भएको हो । करिब ३८ वर्षीया मृतक महिलाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

ग७ प ५७२ नम्बरको स्कुटरमा सवार महिलालाई ठक्कर दिएपछि बस पल्टिएको प्रहरीले जनाएको छ । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

मुक्तिनाथको दर्शन गरी जोमसोम फर्किँदै गरेका यात्रु सवार बसले कागबेनी जाँदै गरेको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको मुस्ताङका सहायक सीडीओ तथा सूचना अधिकारी रामचन्द्र ढकालले जानकारी दिए ।

घाइते यात्रुको मुस्ताङ जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइतेलाई थप उपचारको लागि बाहिर लैजाने तयारी भइरहेको ढकालले बताए । दुर्घटनापछि बसका चालक ३२ वर्षीय सुदीप चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।