Breaking

प्रमुख-उपप्रमुख वा अध्यक्ष-उपाध्यक्ष दुवै पदमा पुरुष भए उम्मेदवारी खारेज


काठमाडौँ — निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि कुनै दलले प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा पुरुष उम्मेदवारलाई मात्र मनोनयन गरेको पाइएमा दुवै पदको उम्मेदवारी खारेज गराउन निर्देशन दिएको छ ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १७ को उपदफा ९४० दुवै पदमा उम्मेवारी दिने दलले प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षमा एक पदमा पुरुष र अर्को पदमा महिला उम्मेदवारी दिनुपर्ने व्यवस्था छ ।

विभिन्न स्थानीय तहमा ऐनको सो व्यवस्थाविपरीत पनि उम्मेदवारी रहेको भनी मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयबाट जानकारी आएकाले आयोगले सोबारे बिहीबार स्पष्ट गरी पत्रचार गरेको छ ।