देश

जसपा नेचासल्यान गाउपालिकाको उम्मेदवार टुंगो लाग्यो


काठमाडौँ — जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले स्थानीय तह निर्वाचनका लागि सोलु नेचा सल्यान गाउपालिकामा उम्मेदवार टुंगो लगाएको छ । गाउपालिकाको अध्यक्षमा हेमन्त किराँत वायुङ राई उपअध्यक्ष लाकी शेर्पा वाडा नम्बर १ को अध्यक्ष पेम्बा रिन्जी शेर्पा सदस्य पासाङ् ल्हामु शेर्पा ५ नम्बर अध्यक्ष सुकुराज राई
सदस्यमा सुबास राई चयन भएको हो । यो संगै जसपाको चुनावी घोषणापत्र सार्वजानिक भएको छ । स्थानीय तह निर्वाचनका लागि घोषणापत्र जारी गर्दै ‘अर्थतन्त्रमा महान् फड्को हान्ने’ नीति लिने उल्लेख गरेको छ ।

यसका लागि सोपानक्रममा आधारित प्रक्रियामुखी कर्मचारीतन्त्रमा सुधार, भ्रष्टाचार नियन्त्रण गर्न जनलोकपालको व्यवस्था, जमिनको सही उपयोग, सरकारी फजुल खर्चको अन्त्यलगायत आशामुखी कार्यक्रमहरूलाई अगाडि सारेको छ । पालिका स्तरमा चक्रपथ निर्माण, वडा पालिका केन्द्र जोड्ने रोड निर्माण, पालिकास्तरका विद्यालय तथा आधारभूत सेवा कार्यालयहरूलाई सडकसँग जोड्ने, पालिकापिच्छे बसपार्कको व्यवस्था गर्ने विषयलाई जसपाले आफ्नो चुनावी घोषणापत्रमा समेटेको छ । स्थानीय स्तरमा शौचालय नभएका परिवारलाई निर्माणका लागि १० हजार रुपैयाँ अनुदान दिने कुरालाई घोषणापत्रमा जोड दिइएको छ । सार्वजनिक खानेपानी आयोजनाबाट वितरित २ सय लिटरसम्मको खानेपानीको बिल छुट दिने घोषणपात्रमा उल्लेख गरिएको छ ।

‘एक पालिका एक मोडल स्कुल’ को अवधारणा विकास गरिने घोषणापत्रको अर्को विषय रहेको छ । विद्यालय र घरबस्तीको दूरी १ घण्टाभन्दा बढी भएका विद्यार्थीहरूका लागि विद्यालय हाताभित्रै होस्टल निर्माण गरिने कार्यक्रम जसपाले घोषणापत्रमा उल्लेख गरेको छ ।