देश

नुवाकोटको सूर्यगढीमा माओवादी र समाजवादीको गठवन्धन, कस्ले जित्ला सूर्यगढी ?


काठमाडौँ — नुवाकोट जिल्लाको सूर्यगढी गाउँपालिकामा नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टीको चुनावी गठवन्धन बनेको छ । सत्ता गठवन्धनको केन्द्रीय समीकरण अनुसार नुवाकोटको सूर्यगढीमा नेपाली काँग्रेस बाहिरै रहेको छ । नेकपा एमाले रहँदा प्रदेश कमिटि सदस्य रहेका ध्रुव अधिकारी एकिकृत समाजवादीबाट गाउँपालिका अध्यक्षका उम्मेदवार बनेका छन् । भागवण्डा अनुसार नेकपा माओवादी केन्द्रका नेता ईमानसिंह तामाङ गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवार बनेका छन् । नेकपा एमालेको ठूलो हिस्सा एकिकृत समाजवादीमा रहेकाले सूर्यगढी गाउँपालिकामा एमाले पार्टी हालको निर्वाचनमा कमजोर रहेको स्थानीय बुद्धिजिविहरुको भनाई छ । दुई पार्टीको गठवन्धनका कारण ध्रुव अधिकारीको समूहले विजयी हुने दावी गरेका छन् ।

नेपाली काँग्रेसले गाउँपालिका अध्यक्षमा दीपक अधिकारीलाई अध्यक्षको उम्मेदवार बनाएको छ । नेकपा एमालेले ज्ञानबहादुर तामाङलाई अध्यक्षको उम्मेदवार बनाएको छ । यस अघिको गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेस विजयी बनेको थियो । एकिकृत समाजवादी र माओवादी केन्द्रको गठवन्धनले सूर्यगढी गाउँपालिकामा चुनावी अभियान तिब्र बनाएको छ । व्यवस्था बदल्यौँ, अवस्था बदल्न दुई दलीय बाम गठवनधनलाई भोट भन्ने नारा दिँदै चुनावी प्रचार अभियान जारी रहेको सूर्यगढी गाउँपालिकाको दुर्य नम्बर वडा अध्यक्षमा गठवन्धनबाट उम्मेदवार बनेका रमेश तामाङले जानकारी दिए ।

उनले भने, ‘पहिलेको भन्दा हाम्रो पार्टी संगठनमा व्यापक सुधार भइसकेको छ, एमाले विभाजन भएर एकिकृत समाजवादी पार्टी सशक्त छ, अब सूर्यगढी गाउँपालिकामा गवबन्धनको जीत हुनेछ भन्ने हाम्रो विश्वास हो ।’ दुई नम्बर वडाका अध्यक्षका युवा उम्मेदवार रमेश तामाङ नेकपा माओवादी केन्द्रमा लामो समयदेखि क्रियाशिल छन् । उनी यस अघि नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारी संगठनमा सक्रिय थिए ।