Breaking

गठबन्धन लुतो हो, वैशाख ३० गते फाल्नुपर्छ: अध्यक्ष ओली


काठमाडौँ — पुर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन देशको लागि ठूलो पीडा भएको बताएका छन् । काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले पाँच दलीय गठबन्धन केही समयको लागि आएको लुतो भएको बताए । पाँच दलीय गठबन्धन भनेको देशको ठूलो पीडा हो । अलिक समयका लागि आएको लुतो हो के लु्तो । ठूलै घाउ पनि होइन । तर बस्नै दिनन्, उनले भने ।

उनले केही समयका निम्ति ठूलै पीडा भएर आएको भए पनि यसलाई पन्छाउन नेपालमा दिन पनि हुने गरेको बताए । उनले वैशाख ३० गते उक्त लुतोलाई फाल्नुपर्ने उनले बताए । यस पीडालाई निर्वाचनको माध्यमबाट पन्छाउनुपर्छ । यसपल्ट दुई दिन पन्छाउने समय छ । एउटा वैशाख ३० गते अर्को मंसिरति हुन्छ, उनले भने । उनले अहिले पाँच दलीय सरकार निकम्मा भएको बताए ।