देश

गायक प्रमोद खरेल चढेको कार दुर्घटना


काठमाडौँ — गायक प्रमोद खरेल दुर्घटनामा परेका छन् । दाङको कार्यक्रममा जाने क्रममा खरेल बुधबार राती कार दुर्घटनामा परेका हुन् । काठमाण्डूमा रेकर्डिङ सकेर हिजो साँझ नेपालगञ्ज फ्लाइट लिएर तुलसीपुर दाङको हुने कार्यक्रमको लागि राती १ बजे होटल पुग्न १० मिनट मात्र अघि आयोजक ले चलाएको कार गम्भिर दुर्घटनामा परेको थियो । कार रोडको पर्खालमा बज्रिएर उत्त घटना भएको हो । उनले भने म अर्ध निन्द्रामै मेरो होश त्यहि गुमेछ । दुर्घटना पश्चात् कसैले आफ्नो गाडीमा नजिकको अस्पताल पुर्याएर बेडमा बसाउँदा मात्र झण्डै ४५ मिनटपछि मेरो होश आएछ ।

त्यसपछि पनि करिब ५—७ मिनट कहाँबाट आए कहाँ छु पत्तै पाइन । गाड़ीको एयर ब्याग र सिट बेल्टले ज्यान जोगाएछ । सँगैका दुई आयोजक भाइहरु रकताम्य देख्दा मन झनै डरायो । राती ४ बजे होटल अस्पताल डिस्चार्ज भएर काठमांडू आइपुगे । काठमाण्डूमा करिब ६ घण्टा अस्पतालमा सिटि स्केन लगायत सबै जाँच पछिबेड रेस्ट मा रहेको जानकारी गराए ।