विदेश

केजिएफः च्याप्टर २’ ले १५ दिनमा एक हजार करोड भारु कमाए


काठमाडौँ — दक्षिण भारतीय फिल्म ‘केजिएफः च्याप्टर २’ ले १५ दिनमा एक हजार करोड भारु हाराहारी कमाएको छ । छोटो समयमै विश्वव्यापी रुपमा ‘केजिएफ २’ एक हजार करोड कमाउने फिल्म बनेको हो । यसअघि एसएस राजामौली निर्देशित फिल्म ‘आरआरआर’ ले पनि एक हजार करोड कमाउन सफल भएको थियो। चैत्र ११ गतेबाट प्रदर्शन भएको आरआरआरले हालसम्म १२ सय करोडभन्दा बढि कमाइ गरेको छ । तर, प्रशान्त नीलले निर्देशन गरेको फिल्म केजिएफ २ ले भने आरआरआरको भन्दा राम्रो प्रदर्शन गरिरहेको छ । ‘केजिएफ २’ ले दोस्रो सातामा पनि दिनमै ३० करोड भारु माथि व्यापार गरिरहेको छ। त्यसैले केजिएफले आरआरआरको व्यापारलाई उछिन्ने देखिन्छ ।

‘केजिएफ २’ ले केही दिनमै आरआरआरको लाइफ टाइम व्यापारलाई पार गर्ने भारतीय संचार माध्यम इन्डिया टु डेमा पनि उल्लेख गरिएको छ । बजेटको हिसाबले हर्ने हो भने, केजिएफ १०० करोड भारुमा बनेको फिल्म हो । भने आरआरआरको ४५० करोड लागत रहेको छ । आरआरआर’ भन्दा केजिएफ ठूलो हिट फिल्म हो किनभने यसले १५ दिनमै ९०० करोड भारु नाफा कमाएको छ । केजिएफः च्याप्टर २’ पिरियड ड्रामा सन् २०१८ मा प्रदर्शनमा आएको ‘केजिएफ’ को सिक्वेल हो । फिल्ममा यश, सञ्जय दत्त, रविना टण्डन र श्रीनिधि शेट्टी मुख्य भूमिकामा छन् ।