देश

मेयर-उपमेयरमा श्रीमान् श्रीमती उम्मेदवार


काठमाडौँ — राजापुरका एक दम्पतीले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नगर प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएका छन् । राजापुर–३ चखखापुरका ५४ वर्षीय राममणि उपाध्याय र उनकी श्रीमती ४३ वर्षीया सम्झना उपाध्यायले प्रमुख र उपप्रमुखमा मनोनयन दर्ता गरेका छन् । ०५४ सालदेखि ०५९ सालसम्म साविक राजापुर गाविसबाट राप्रपाबाट उपाध्यक्षमा निर्वाचित उपाध्याय यसपालि नगरप्रमुख र श्रीमती उपप्रमुख पदका लागि उम्मेदवार बनेका हुन ।

‘उम्मेदवारी दिन कोही पनि तयार नभएको होइन दर्जन बढी महिला उपप्रमुख पदका लागि तयार थिए । तर पार्टीका उच्चस्तरीय र तल्ला कार्यकर्ताको आग्रहमा हामीलाई उम्मेदवार बन्न आग्रह गरेपछि उक्त निर्णय गरेका हौँ,’ उनले बताए ।