Breaking

राप्रपा नेपालका उपाध्यक्ष उद्धव पौडेलले पार्टी छाडे


काठमाडौँ — कमल थापा नेतृत्वको राप्रपा नेपालका उपाध्यक्ष उद्धव पौडेलले पार्टी छाडेका छन् । पौडेलले साधारण सदस्यसमेत नरहने गरी बुधबार अध्यक्ष कमल थापासमक्ष राजीनामा पत्र बुझाएका हुन् ।

उनी राप्रपा नेपालको आर्थिक विभाग प्रमुखको पनि थिए । राप्रपाको एकता महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग अध्यक्ष पदमा हारेपछि कमल थापाले आफ्नो पुरानै पार्टी राप्रपा नेपाल पुनःगठन गरेका हुन् । थापाले चाबहिल निवासी पौडेललाई गत फागुनमा पार्टीको उपाध्यक्ष पदमा मनोनयन गरेका थिए ।