Breaking

गगन र ओलीबीच चोरको भिडन्त,‘पागल’ भन्ने ओलीलाई काँग्रेसको जवाफ,निर्वाचनमा तथानाम गाली


काठमाडौँ — नेपाली काँग्रेसको घोषणापत्रमाथि टिप्पणी गर्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले पागलहरुको प्रलाप भनेपछि काँग्रेस आक्रोशित बनेको छ । महामन्त्री गगनकुमार थापाले आज औपचारिक रुपमै जवाफ फर्काएका छन् । स्थानीय तह लक्षित ८८ पृष्ठ लामो घोषणापत्रमध्येकाँग्रेसले ११ पृष्ठअघिल्लो सरकारको आलोचना र एमाले अध्यक्ष ओलीको उछितो काटेर खर्चियो ।सर्वसत्तावाददेखिउत्ताउलो विकाससम्मको आरोप लगाएपछि ओलीलाई मन पर्ने कुरै भएन । काँग्रेसको घोषणापत्रमा आफ्नै चर्चा बढी भएपछि हो, वा झुटहरुको जालो अब च्यातिने बेला भयो भन्ने डरले हो, एमाले अध्यक्ष ओलीले मंगलबार काँग्रेसको संकल्पलाई ‘पागलहरुको प्रलाप’ भनिदिए ।

आफुले पवित्र मानेको संकल्पपत्र र चुनाव जित्ने प्रमुखअस्त्रमाथि नै ओलीले अपाच्य लाग्ने गरि प्याच्च छुचो बोलिदिएपछिनेपाली काँग्रेसका नेताहरुलाई मंगलबार बेलुकादेखि नै पोलिरहेको थियो । काँग्रेस प्रवक्ता प्रकाशशरणमहतले खेद प्रकट गर्दैआचारसंहिता उल्लंघनमानिर्वाचन आयोगको ध्यानाकर्षण गराएका थिए भने महामन्त्री विश्वप्रकाश शर्माले पनि प्रतिवाद गरेका थिए । तर अर्का महामन्त्री गगनकुमार थापाको जलन यतिकै रोकिने अवस्थामा थिएन । झण्डै महिना दिन लगाएर आफ्नै नेतृत्वमा तयार पारेको घोषणापत्रमाथि ओलीको टिप्पणी सुनेपछि आक्रोशित गगनले बुधबार औपचारिक मञ्चबाटै जवाफ फर्काएका छन् –जसको मुखमा अँगार छ, उसले कालै ओकल्ने हो ।

सुन्दै असहज लाग्ने गरि पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीको अभिव्यक्तिले राजनीतिक संस्कारमाथि प्रश्न उठाएको छ । झन नेपाली काँग्रेसलाई चित्त बुझ्ने कुरै भएन । तर ओली यतिमा रोकिएका छैनन । बैशाख ११ मा सार्वजनिक काँग्रेसको घोषणापत्रमा केस्राकेस्रा केलाएका ओलीले आपत्तिजनक टिप्पणीमात्रै होइन, चोरीको आरोपसमेत लगाएका छन् ।मुलतः एमालेकै चिटिङगरेर घोषणापत्र तयार पारेको ओलीको दाबी छ । एमालेको नारा सुखी नेपाली–समृद्ध नेपाल हो । गगनले १४औं महाधिवेशन यता पार्टीमा सम्मुन्नत नेपाल, सम्मानित नेपालीको नारा स्थापित गर्न खोजिरहेका छन् ।

यसैलाई ओलीको चोरी गरेको आरोप लगाएका हुन् । ओलीको यो आरोपमाथि पनि गगनले जवाफ फर्काएका छन् ।उनले भनेका छन् – अलिकति भ्याएको बेला बालकोटमै गएर ट्युसन पढाउँछु । नेपाली राजनीतिक दलका नेता चुनावका मुखमा ‘एउटा सियो चोर, अर्काे फाली चोर’को रडाको मच्चाइरहेका छन् ।बैशाख ९ मा सार्वजनिक एमालेको घोषणापत्रमा समेत काँग्रेस लगायतका विपक्षीकै खेदो खनिएको छ ।फलतः दलका घोषणापत्र नै आरोपपत्र जस्तो मात्र बनेका छन् ।