काठमाडौँ — विकास निर्माणका योजनालाई राजनीतिक दलहरुले स्वार्थ अनुसार प्रयोग गर्दा समयमै सम्पन्न हुन सकेका छैनन् । यद्यपि लामो प्रतिक्षापछि राजधानीवासीको धारामा मेलम्चीको पानी खस्न थालपछि सर्वसाधरण हौसिएका छन । तर यो खुशी कति दिगो हुन्छ भन्नेमा संशय कायमै छ । यो अभिव्यक्ति हो, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको । केही दिन अघि एक सार्वजनिक कार्यक्रममा ओलीले बाचाअनुसार चैतभित्र मेलम्चीको पानी काठमाडौं खसाल्न नसकेको भन्दै गठबन्धन सरकारको चर्को आलोचना गरेका थिए । ओलीको यो अभिव्यतिmलाई खानेपानी मन्त्री उमाकान्त चौधरीले फर्काएको जवाफ पनि कम रोचक छैन ।
नेताहरुको भाषणवाजी जनजीविकाका लागि होइन, उहि आफ्नै दलगत स्वार्थका लागि मात्र हो भन्ने प्रष्ट छ । मेलम्चि योजना सुरु भएदेखि नै कांग्रेस र कम्युनिस्टको राजनीतिक दाउपेच बनेको मेलम्चि थप राजनीतिक चपेटामा प¥यो । काकाकुल राजधानीवासीको तिर्खा मेटाउने विशुद्ध विकास योजना मेलम्चि लामो समयदेखि राजनीतिक दलहरुको दलगत दाउपेचको शिकार बनेकै छ । हालका लागि गत आइतावारबाट राजधानीवासीको घर घरमा पानी मेलम्चिको पानी आउन थालेको छ ।
बुधबार हामी केयूकेल बानेश्वर शाखाले पानी वितरणको लागि सार्वजनिक गरेको समय तालिका अनुसार उपत्यकाका केहिसर्वसाधरणको घरमा समेत पुग्यौं । केही स्थानमा आइतवार नै पानी आएको थियो भने केही स्थानमा तालिका बमोजिम पनि पानी आएको थिएन । मेलम्चिको पानी धारामा आउन थालेपछि राजधानीवासी हर्सित छन् । संधै पानीको समस्याबाट गुज्रिएका उपत्यकावासी अब भने राहत मिल्ने आशावादी देखिए । मेलम्चि आयोजना निर्देशनालयका अनुसार अहिले दैनिक ८ करोड लिटर पानी आइरहेको छ शनिवारबाट दैनिक १७ करोड पानी उपत्यकामा आउने छ ।
उपलब्ध पानी उपत्यकामा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का विभिन्न शाखाहरुमा पठाएपछि ती शाखाहरुले तालिका नै बनाएर पानी वितरणको काम सुरु गरिसकेको छ । पानी समान वितरणमा अझै केहि समस्या देखिए पनि विस्तारै समाधान हुँदै जाने निर्देशनालयको दावी छ । २०७८ को असारमा मेलम्चि नदीमा आएको बाढी पहिरोका कारण योजना पुन अलपत्र परेको थियो । ३६ वर्षको प्रतीक्षापछि साकार भएको उपत्यकावासीको सपनामा पुन तुसारापात भए पनि अब भने केहि झिनो आशा पलाएको छ ।


प्रतिक्रिया