Breaking

मन्त्री रामकुमारी झाँक्रीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण


काठमाडौँ — शहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । निर्वाचन आचार संहिता लागू भएपछि मन्त्री झाँक्रीले अमेरिका भ्रमण गरेको विषयमा स्पष्टीकरण सोधेको आयोग स्रोतले बताएको छ । आचारसंहिता लागू भएपछि सरकारी पदाधिकारीहरु आयोगको अनुमति नलिई विदेश भ्रमणमा जान पाइदैन’, आयोग स्रोतले भन्यो, ‘उहाँ निर्वाचन आयोगसँग अनुमति त परैको कुरा, कुनै जानकारी पनि नदिई भ्रमणमा जानुभएको देखियो ।’

मन्त्री झाँक्रीको विषयमा उजुरी परेपछि आयोगले अध्ययन गरेको थियो । प्रारम्भिक अनुसन्धानमा उनी विदेश भ्रमणमा गएको पुष्टी भएपछि स्पष्टीकरण सोधेको आयोग स्रोतको भनाइ छ । मन्त्री झाँक्रीले आयोगले पठाएको स्पष्टीकरणको जवाफसमेत दिएको आयोग स्रोतले बतायो । तर जवाफ आयोगले खोलिसकेको छैन ।