देश

गठबन्धनको बैठक बाहिर कहाँनेर कुरा बिग्रिन्छ भनेर एमाले नेताहरु ढुकेर बस्छन्: थापा


काठमाडौँ — नेपाली कांग्रेसका गगन थापाले निर्वाचन युद्धजस्तै भएको बताएका छन् । राजधानीमा आयोजित कार्यक्रममा महान्त्री थापाले यो बेला पार्टी जिताउन गाउँगाउँ जानुपर्ने बताएका छन् । उनले भने, ‘हामीलाई गठबन्धन गर्‍यो भनेर धारे हात लगाएर गाली गर्नेले क्विन्टल क्विन्टल भन्नेले छटक र पाउ खोजेर हिँडेको छ । एउटा रङको अर्कोसँग मिलेको छ । त्यहाँ हेर्‍यो भने देखिए पनि परिवार दलदेखि विप्लव, सीके राउत सम्म कोही छोडेको छैन, भ्याएसम्म ।

उनले गठबन्धनको बैठक बाहिर स्थानीय एमाले नेता ढुकेर बसेको बताए। कहाँनेर कुरा बिग्रिन्छ भनेर एमाले नेताहरु ढुकेर बसेका हुन्छन् । कुरा बिग्रे हामीसँग जाऔं न, दिन्छौं नि। उसले ५ दिए ६ दिन्छौं नि । उसले ७ दिए ८ दिन्छौं नि । उसले उपमेयर दिए मेयर नै दिन्छौं नि। यहाँ फेरि ठूलो नेता हात लगाएर गठबन्धन गठबन्धन भनेर गाली गर्छ ।